गलकोट महोत्सवको मुख्य प्रायोजन सिटि एक्सप्रेसले गर्ने

47Shares

घनश्याम गौतम असोज १५ ।–
आगामी कार्तिकको पहिलो हप्तादेखि गलकोटमा हुने कृषि प्रर्यटन औधोगिक ब्यापार मेला तथा प्रथम गलकोट महोत्सव २०७५को मुख्य प्रायोजना सिटि एक्सप्रेस मनि टा«न्सफर तथा सिटि एक्सप्रेस बचत तथा ऋण सहकारी सस्था लीमिटेडले गर्ने भएको छ ।

महोत्सबको मुख्य प्रयोजन गर्ने बताउदै सिटि एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्धक चन्द टंन्डनले गलकोट आफैमा रेमीटेन्सले धानिएको क्षेत्र भएकोले गलकोटमा भित्रीएको रेमिटेन्स गलकोटमै सदुपयोग गर्न सुझाब दिएका छन् । टन्डनले गलकोटमा रहेको स्थानिय ब्यापार, ब्यबसाय स्थानिय कृषी उत्पादन, पर्यटन प्रबर्धनको लागी आयोजित गलकोट महोत्सब सफल पार्न सबैले सक्दो सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गलकोटमा सिटि एक्सप्रसले बि सं २०७० सालदेखी शाखा स्थापना गरि सेबा प्रबाह गरिरहेको छ ।

सिटि एक्सप्रेस मनिट्रान्सफर र सिटि एक्सप्रेस बचत तथा ऋण सहकारी सस्थाले गलकोट महोत्सबको मुख्य प्रायोजन गर्ने घोषणा गरेको बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले जनाकारी दिनुभयो ।महोत्सबको सहआयोजक गलकोट घुम्टे सप्लायर्स हुने सप्लासर्यका सञ्चालक होम थापाले जानकारी दिनुभयो ।

उद्योग बाणिज्य संद्य गलकोटका अध्यक्ष बिरेन्द्र श्रेष्ठले कात्तिक ९ गतेदेखि १८ गतेसम्म गलकोटमा आयोजना गरिने गलकोट महोत्सवमा आयोजित कार्यक्रमकोे प्रायोजन रकम संकलनमा ईकाई लागेको छ । महोत्सबमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, गलकोट डान्स च्याम्पीयन (लोकनृत्य प्रतियोगिता), राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति, बाल उद्यान तथा रमाईलो मेला,बिभिन्न सास्कृतिक झाकिँ प्रदर्शनी,कृषि तथा स्थानिय उत्पादित सामाग्रीको प्रदशनि,उट नाच, लाईभ कन्र्सट,बाल मेला, शैक्षिक सामाग्रीहरु, कला प्रर्दशनि प्रतियोगिता,रत्यौलि गीत प्रतियोगिता,निःशुल्क स्वास्थ्य शिबिर,क्यानोनिङ तथा प्याराग्लाइडिङ , सिस्नो खोस्ने, भुष पोल्ने मेला प्रर्दशनि लगाएतका प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने बागलुङ उधोग बाणिज्य संघ गलकोट ईकाईले जनाएको छ ।