गलकोटको आकाशमा करिब ४ मिनेट (भिडियोसहित)

258Shares

घनश्याम गौतम, गलकोट ।–

भौगोलिक रुपमा बागलुङ जिल्लाको मध्ये भु– भाग, वि.सं २०१७ सालपुर्बको सम्म जिल्ला सदरमुकाम रहेको प्रसिद्ध दरम गौधीखोलाको तट तथा बागलुङको प्रसिद्ध अग्लो पहाड घुम्टेको काखमा रहेको हटिया सिमखेतमा अवस्थित सुन्दर नगरी गलकोट हटियामा ऐतिहासिक कालदेखि नै विभिन्न मेला तथा महोत्सवहरुको आयोजना हुदै आएको छ ।

भौगोलिक वनोटको आधारमा नेपालभित्रको पनि सानो नेपाल भनेर चिनिने बागलुङ जिल्ला नेपाली कागजको जिल्ला र निर्माणका हिसाबले झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ प्राकृतिक साँस्कृतिक तथा पर्यटकीय हिसाबले एक धनी जिल्ला हो । बागलुङ जिल्लाकोे गलकोट उपत्यका मल्लकालीन राजाले राज गरेको भएकोले एैतिहासिक क्षेत्रको रुपमा लिईन्छ ।

विभिन्न जातजातीका मौलिककला सँस्कृतिहरु, घाटु, मारुनी, घुम्टे साइलो, लाखे नाच, सालैजो, बिनासाले, पञ्चेबाजा, लोकदोहोरी, सोरठी, यानीमाया, सुनिमाया, नानीलै, चुड्का, मारुनी, नचरी, झाम्रे, भजन तथा कौडा लगायतका लोक भाकाहरु यस गलकोटका साँस्कृतिक धरोहर हुन । तसर्थ यस्ता स्थानहरुको सम्वद्र्धन र प्रवद्र्धन गर्दै नेपालमै धेरै रेमिटान्स भित्राउने गलकोटमा आर्थिक गतिविधीहरु बढाउने सशक्त माध्यमको रुपमा रहने विभिन्न मेला महोत्सव सञ्चालन हुने गर्दछन् यसै परिबेशमा बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाईले आयोजना गरेको कृषि, पर्यटन, औधोगिक, व्यापार मेला एवम् गलकोट महोत्सव २०७५ सञ्चालन भैरहेको छ । यसै अबसरमा गलकोट महोत्सबको आकर्षणको केन्द्र बिन्दु प्याराग्लाईडिङ बनेको छ ।

हुन त आफैमा साहासिक खेलको रुपमा परिचित क्यानोनिङ गलकोट नगरपालिका बडा नम्बर ३को सहस्रधारामा सफल परिक्षण भएको अबस्थामा गलकोट महोत्सबको अबसरमा प्यारा ग्लाईडिङको सफल परिक्षण भएको छ ।

सिमखेतमा सञ्चालन भैरहेको गलकोट महोत्सबलाई अकाशबाट हेर्ने बाताबरण निर्माण गरको आयोजक बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाईले अर्को साहसिक खेलको सुभारम्भ गरेको छ भन्दा सायदै फरक पर्दैन् ।

कार्तिक १६ गते गलकोट नगरपालिका बडा नम्बर २ को सेतिघडेरीबाट २ ओटा फ्लाईट सफल भएका थिए जसमा गलकोट ईकईका महासचिब हेमन्त भण्डारी र कोषाध्यक्ष दिलिप श्रेष्ठले उडान परिक्षण गर्नुभएको छ । साथै गलकोट नगरपालिका बडा नम्बर ५ को सर्दाखेतबाट प्याराग्लाईडिङको परिक्षण गर्ने अबसर प्राप्त गरेपछिको गलकोटको आकाशमा करिब ४ मिनेट उडेर गलकोट लाई आकाशबाट अबलोकन गरियो ।

गलकोट आकाशमा उड्ने क्रममा

कार्तिक १६ गते दिनको १बजेबाट सम्भाबित ठाउको लागी हिडेको टोलीप् थकान का बिच धेरै सम्भाबीत ठाउमा पुगेर अन्तीममा सर्दाखेतबाट उडान गरियो । करिब २ बजेको समयमा हामी पाईलट दुयोधन खड्का र म गलकोट नगरपालिका बडा नम्बर ५ को सर्दाखेतमा पुगेर उडानको तयारीमा जुट्यौ । अर्को उडानको लागी पाईलट निरन्जन कुबर र सुदिप श्रेष्ठ पनि सोही स्थानमा पुग्नुभएको थियो ।

त्यहाँ स्थानियको उपस्थीति पनि राम्रै थियो । भैदी थिए यहाँबाट आकाशमा उहाँ उड्नुहुन्छ, कसरि होला भन्दै कुरा गदैं थिए । त्यतिकैमा पाईलट दुयोधन खड्काले सम्पुर्ण तयारी गरि भन्नुभयो गो भनेपछि तपाई दौड्नु होला, हाबाको गति बढेमा सिधा जाने प्रयास गर्नुहोला, लडिन्छ भनेर नडराउनुहोला । त्यस लगतै खड्काले भन्नुभयो गो र दौड्यो र उड्यो प्यारा ग्लाईडर हामि आकाशमा आउने करिब ३/४ सेकेन्ड सम्म केही डर जस्तो कसरि होला भन्ने मनमा उब्जीएका प्रश्नको बिचमा हामी आकाशमा आईपुग्यौ अर्थात प्यारा ग्लाईडिङ उड्यो र जिवमै पहिलो पटक आफ्नै ठाँउ गलकोटको आकाशमा उडेर गलकोटका हरेक दृश्य अबलोकन गरियो ।

जब हाबामा प्याराग्लाईडर स्थिर भयो तब फोटो भिडियो खिचियो, गलकोटमा रहेको घुम्टेको लेक, ऐतिहासिक गलकोट दरबार, दरम खोला, कोटमैदान दुर्गा भगवती तथा खड्काको मन्दिरहरु गाईघाट, मजुवा, कालिलेख, निलुवा, गौधीखोला, गाजाको दह, गलकोटको हलहले धुरी, बाघढुङ्गा, सेतिघडेरी, सहस्रधारा, निउरेको धुरी, थालेपोखरा हटिया बजार लगायतका सुन्दर ठाँउहरु नजिकबाट निहाल्दै आकाशमा रमायौं । गलकोटको सुन्दर तस्बीर निहाल्दै करिब साढे चार मिनेटमा गलकोट नगरपालिका बडा नम्बर ६ को मजुबाफाटमा ल्याण्ड भयो ।

तिब्र गतिको साथ उडेका ग्लाईडबाट हेर्दा लाग्यो सुन्दर गलकोटलाई अबलोकनको लागी प्याराग्लाईड गर्नुपर्छ । पाईलट दुयोधन खड्कालाई मैले सोधे गलकोटमा प्यार ग्लाईडिङ ब्यबसायिक रुपमा सञ्चालन गर्नको लागी अबको सम्भाबना के छ ? उहाले भन्नुभयो- पुर्बाधार बिकास गरेमा गलकोटमा निरन्तर रुपमा प्यारा ग्लाईडिङ सञ्चालन गर्न सकिन्छ तर ल्याण्ड गर्ने ठाउँको निर्माण नै पहिलो चुनौति रहेको बताउनुभयो ।

गलकोटको पर्यटन प्रर्बधनको लागी प्याराग्लाईडिङको ब्यबसायिक सञ्चालन पनि एक हो भन्ने पुष्टी आज सम्म भएका छ ओटा उडानले गरेको छ । उडानको सुभारम्भमा लागेको कौतुहलता, केही डर र उत्साहका बिच गलकोटमै प्याराग्लाईडिङ गरि अनुभब लिने अबसरकोलागि आयोजक बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाई र पाईलट दुर्योधन खड्का प्रति हार्दिक आभारी छु ।

हेर्नुहोस भिडियो ।