पुर्व रेडियोकर्मी थापाको लगानीमा “बाजा”

10Shares

रेडियो गलकोट, कार्तिक २० ।–
लामो समय नेपाली सञ्चार जगतमा काम गरिसकेका बागलुङका युवा अमर थापा अहिले अमेरीकामा बस्दै आएका छन । हास्य क्षेत्रमा पहिले देखिनै अत्यन्तै रुचि भएका थापाले आधुनिक विधामा समेत उत्कृष्ट कलम चलाई आफुलाई गीतकारको रुपमा पनि परिचय दिएका छन ।

सार्वजनिक भएको छोटो समयमै चौतर्फि चर्चा कमाउन सफल गीत बाजाका सर्जक अमर यति बेला खुसि छन,किन कि गीत हेर्ने धेरैले गीत राम्रो भएको प्रतिक्रिया दिएका छन । अमेरीका रहेर पनि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने सर्जक मध्ये थापा पनि एक हुन । उनैले आफ्नो लगानीमा बाजा बोलको गीत सार्वजनिक गरेका छन जुन गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने सोहि अनुसारको सफलता समेत पाँउदै गइरहेको छ ।

हिमाल सागरको सुमधुर आवाज रहेको सो गीत अमर थापाको आफ्नै म्युजिक प्रोडक्सन ह्वाइट प्रोडक्सन मार्फत उक्त गीत बजारमा ल्याएका हुन्। उक्त गीतमा चर्चित नायिका प्रियंका कार्की र सुनिल क्षेत्रीसंगै अन्य चर्चित पात्रहरुको दमदार नृत्य समेत देख्न सकिन्छ ।

अमर थापा अब छिट्टै चलचित्रबाट पनि आउने भएका छन। भुटानी सामुदयलाइ लक्षित गरेर उनकै निर्देशनमा नया चलचित्र लभ ९५ आउने समेत जानकारी प्राप्त भएको छ। अमर थापाको शब्द तथा अर्जुन पोखरेलको संगितमा रहेको बाजा गितको भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन । निमार्ण युनिटले दिएको जानकारी अनुसार कभर सङ् प्रतियोगीता पनि राखिएको छ जसले उत्कृष्ट कभर संङ बनाउछ उसले ५१ हजार पुरस्कार समेत पाउने छ ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गीतकार थापाले गीतलाई अझ धेरैले माया गरिदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

यस्तो छ गीतको भिडियो ।