प्रहरीद्धारा कुटपिटपछि नागरिकको आक्रोशः घटनाको बिषय, उपचार, भत्सना कारबाही र दवाब (पुर्ण विवरण)

112Shares

घनश्याम गौतम, माघ ०८ ।–
मुस्कान सहितको सेवा दिन डिउटीमा खटिएका दुईप्रहरी जवानको सामुहिक कुटाईबाट गलकोट नगरपालिका वडा नं. ६ का ४० बर्षिय सोमबहादुर बस्नेत सख्त घाइते हुनुभएको छ ।
गत पौष २९ गते आईतबार राति साढे ९ बजेको समयमा हटिया प्रहरी बिटमा कार्यरत प्रहरी जवानद्वय प्रेम विष्ट र बुद्ध थापाको सामुहिक कुटाइबाट सख्त घाइते बनेका बस्नेतकोशरिरमा अपरेशन पछि ५२ ओटा टाँका लगाईएको उपचारमा संलग्न फेवासिटी अस्पताल प्रा लि. पोखराका डाक्टर सुरेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको पिसाब नलि समेत फुटेको,कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले फिओ निकालेर उनको अपरेशन गरिएको हो । हाल उहाँको फेवासिटी अस्पताल प्रा लि. पोखराको सघन कक्षमा उपचार भई रहेको छ ।
जनातको रक्षक बर्दीधारी प्रहरीले नागरिलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरिएको घटनाको सर्वत्र आलोचना भएको छ । कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा अनुसन्धानका लागी लगिएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको भन्दै उनले जवानमाथि विभागीय कारवाहीदेखि लिएर घटनाको ठोस प्रमाण आइसकेपछि प्रकृति हरेर कारवाही हुनेजिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दिपक रेग्मीले बताउनुभयको छ ।

बिवादको सुरुवात र कुटपिटको बिषय

अघिल्लो आईतबार राति साढे ९ बजेको समयमा गलकोट नगरपालिका वाड नम्बर ६ निवासी बिकि गैरे, कृष्ण खत्री र सोम बहादुर बस्नेत मदिरा सेवन गरि प्रहरी बिट नजिक आईरहेको अवस्थामा प्रहरी जवान प्रेम बिष्टले गैरेलाई अपशब्द (बिकि साला) प्रयोग गरि आफुलाई बलाएपछि सोम बहादुर बस्नेतले अग्रेजीमा बिष्टलाई अपशब्द शव्दको अर्थ अंग्रेजिमा सोधेपछि हामीसँग अंग्रेजी बोल्छस भन्दै बस्नेतलाई कुटपिट गरेको गैरेको भनाई छ । गैरेका अनुसार बस्नेतलाई कुटपिट गर्न थालेपछि रोक्न खोेज्दा बिष्ट र बुद्ध थापाले आफुलाई समेत लठ्ठीले हानेको बताउनुभयो । प्रहरी जवान प्रेम बिष्ट र बुद्ध थापाले बस्नेतलाई करिब ५ मिनेट सम्म लठ्ठी र लात्तीले हानेको गैरेको भनाई छ । कुटपिट पछि आफुहरु भागेको गैरेले बताउनुभयो । बस्नेत घर पुगेर बाथरुममा रगत सहित बान्ता गर्दै गर्दा एक्कासी लडेपछि राति करिब साढे १० बजेको समयमा बस्नेतकी श्रीमति कृष्णकुमारी बस्नेतले हटिया स्थित आरोग्य अस्पतालमा लगेको र त्यहा उपचार सम्भव नभएपछि सोमबार बिहान पोखराको फेवासिटी अस्पतालमा लगिएको थियो ।

कुटपीट गर्ने प्रहरीलाई कारवाही : एसपी रेग्मी

गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेतलाई कुटपीट गर्ने प्रहरी जवानहरुलाई कारवाही हुने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले शुक्रवार हटियामा बबताउनुभएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको भन्दै उहाँले जवानमाथि विभागीय कारवाहीदेखि लिएर घटनाको ठोस प्रमाण आइसकेपछि प्रकृति हरेर कारवाही हुने बताउनुभयो ।प्रहरी चेकिङमा थियो उहाँहरु रक्सी खाएर आएको देखियो, त्यसपछि तँतँ र मम हुदाँ हुँदै झगडा भएको देखिएको छ एसपी रेग्मीले भन्नुभयो । पुरानो रिसिबी साँध्न घटना घटाइएको भए त्यही अनुसारको कारवाही हुने एसपी रेग्मीको भनाइ रहेको छ ।
कुटपिटमा संलग्न प्रहरी जवानहरुको कुरा सुनियो अब घाइतेको कुरा बुझ्न बाँकी छ । घाइतेको उपचार भइरहेकोले प्रारम्भीक जानकारी अनुसन्धान मात्रै भएको छ बाँकी अनुसन्धान हुदाँ साथ सत्यतथ्य बाहिर आउने उहाँको तर्क छ ।

प्रहरीद्वारा ४ लाख हस्तान्तरण
गलकोट हटियामा प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको सामुहिक कुटाइबाट गम्भीर घाईते भ्एका भएका गलकोट नगरपालिका ६ निवासी ४० बर्षिय सोमबहादुर बस्नेतको पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको अबस्थामा आर्थिक ब्यबस्थापनकोलागी आरोपित प्रहरीबाट २ लाख रकम बिहीबार पोखरा पठाइएको नागरीक दवाब समितिका सदस्य हर्क बहादुर पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार सोमबार ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख केशब सिह मार्फत २ लाख रुपैया बस्नेतका छोरा सागर बस्नेत र समुहका सचिब हेम बुढाथोकीले बुझेर पोखरा पठाएको समितिले जनाएको छ ।

मानव अधिकारवादी गलकोटमा
गलकोटको हटियामा अघिल्लो आईतबार घटेको घटनालाई राष्टिय मानव अधिकार आयोग गण्डकी प्रदेशले घटना बारे अध्ययन सुरु गरेको छ । आयोगले राष्टिय मिडियामा घटनाको बिषयमा समाचार देखेका आधारमा आफुले हेर्न सुरु गरेको जनाएको छ ।

आयोगका गण्डकी प्रदेश अधिकृत ज्योति प्रसाद घिमिरे र मोहन काफ्लेले शनिवार गलकोटका सरोकारवाला, पिडित पक्ष र पिडक पक्षको सुझाव संकलन गरेका छन ।

हामीले सबै पक्षको सुझाव संकलन गरेर नेपाल सरकारलाई सिफारिस गर्छौ अधिकृत घिमिरेले भने यस्ता खाले मानव उल्लङ्घनसम्बन्धि घटनालाई आयोगले बढि प्राथमिकताका साथ हेर्ने गरेको छ ।

मानवअधिकारकर्मी सँग गलकोटका राजनैतिक दल, जनप्रतिनिधि, स्थानीय, पत्रकार सहितको छलफल कार्यक्रममा अधिकृत घिमिरेले घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपि दिपक रेग्मीसँग समेत छलफल भएको बताउदै घटनामा दोषिलाई कानुन अनुसारको कार्वाहिका लागी आयोग गहिराईमा पुग्ने बताए । मानवअधिकारकर्मीले घटनामा संग्लङन बिकि गैरे र कृष्ण खत्रीको वयार्न लिएका छन । त्यस्तै उनिहरुले ईलाका प्रहरी कार्यालयमा रहेका प्रहरी जवान प्रेम सिह बिष्ट र बुद्ध थापाको समेत वयान लिएका छन ।

गलकोटको ईतिहासमा नयाँ आन्दोलन : हस्ताक्षर संकलन
गलकोटमा प्रहरीले गरको कुटपिटको बिरुद्ध जनताको साथ सहभागि गराउन हस्ताक्षर संकलन अभियान आज देखी सञ्चालन भएको छ । नागरीक दवाब समितिले पौष २९ गते आईतबार राति घटेको घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न दवाब स्वरुप हस्ताक्षर संकलनकार्यक्रम सञ्चालन गरेको छ ।

गलकोटमा आन्दोलन तथा बन्द पटकपटक भएको ईतिहास रहेको भएपनि दवाब स्वरुप गरिएको हस्ताक्षर संकलन पहिलो पटक हो । गलकोटको ईतिहासमा १७ दिन सम्मको बन्द, मानब सांङ्लो निर्माण, मसाल जुलुस, बिभिन्न किसिमका ¥याली जस्ता संघर्षका कार्यक्रम सञ्चालन भएको भएतापनि शान्तीपुर्ण र दवाबमुलक कार्यक्रम अन्तरगत हस्ताक्षर संकलन पहिलो पटक सञ्चालीत कार्यक्रम रहेको भिम सेरचनले बताउनुभयो ।

 

गलकोट नगरपालिका सबै बाडका बाड अध्यक्ष संगको छलफल गरेको नागरिक दवाब समितिले सबै बाडमा एकैसाथ कार्यक्रम सञ्चालन गरेको समुहका सदस्य हर्क बहादुर पाण्डेले जानकारी दिनुभयो ।

गलकोट हटिया प्रतिक्षालयमा कपडा र कापीमा नाम ठेगाना सहित हस्ताक्षर संकलन सुरुवात गदैं समितिका सयोजक तिलक उप्रेतीले जनताले आफ्नो सुरक्षाको लागी हस्ताक्षर गरि पिडित बस्नेतलाई न्याय दिन दवाब दिनुपर्ने बताउनुभयो । हस्ताक्षर संकलन कार्यक्रमको अबसरमा बाड नम्बर ३ का बाड अध्यक्ष बिरजंग भण्डारीले घटनामा आरोपित प्रहरीलाई कारबाही गर्न र आगामी दिनमा पनि यस्ता खालका गतिबिधी नहोस भनेर सचेत बनाउनको लागी हस्ताक्षर गर्नुपर्ने बताउनुभयो । माघ १० गते सम्म हस्ताक्षर संकलन गरि गृहमन्त्रालयमा बुझाउने समुहले जनाएको छ ।
। समुहकी सदस्य मञ्जु शर्मा चालिसेका अनुसार हस्ताक्षर संकलनको लागी सोमबार बिहान ११ बजे सबै बाडका बाड अध्यक्ष संग छलफल गरिएको छ । यसैबचि सोमबारनै नागरिक दवाब समुह र इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरिक्षक केशब सिंह थापा बिच छलफल भएको छ । छलफलमा आरोपित प्रहरी बिष्ट र थापाले थप २ लाख रकम उपलब्ध गराएको र बिभागिय कारबाही अघि बढेको जनाकारी दिनुभएको थियो । दबाब समुहले घाईते बस्नेतको उपचारमा रकम अभाब भएकोले उपचारमा रकम अभाब हुन नदिने गरि रकमको ब्यबस्था गर्न प्रहरी निरक्षक थापाले सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

नगरपालिकाबाट २५ हजार सहयोग
गलकोट नगरपालिका वाड नम्बर ६ का सोम बहादुर बस्नेतको उपचारका लागी गलकोट नगरपाlलिकाले २५ हजार सहयोग गर्ने जनाएको छ । गलकोट नगरपालिका ३ हटियामा गत पौष २९ गते आईतबार राति साढे ९ बजेको समयमा हटिया प्रहरी बिटमा रहेका दुई जना प्रहरी जवानले गलकोट नगरपालिका वडा नं. ६ का ४० बर्षिय सोमबहादुर बस्नेतमाथी गरेको कुटपिटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै शुक्रवार प्रेस बिज्ञप्ति जारी गरेको छ ।
नगरप्रमुख गैरे द्धारा हस्ताक्षर गरिएको बिज्ञतिमा भनिएको छ, समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका राष्टसेवक कर्मचारी र जिम्मेवार नागरिकका बिचमा त्यस्तो घटनाहुनु दुख द छ । सो घटनाका सम्बन्धमा आवश्यक छानविन गरि दोषिलाई कानुनबमोजिम कारवाहि गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै घाईतेको शिघ्र स्वास्थ लाभको कामना गर्दछौ ।

घाईतेको उपचारका लागी नगरपालिकाबट तत्काल २५ हजार आर्थिक सहयोग गर्ने समेत प्रतिबद्धता समेत विज्ञप्तिमा उल्लेख गरिएको नगरपालिकाका प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

न्यायको लागि समिति गठन
यसैबिच पिडित पक्षको न्यायको माग गर्दै तिलक उप्रेतीको अध्यक्षतामा आगामि कार्यक्रमको लागी २३ सदस्यीय समिति गठन भएको छ । समितिको सचिवमा हेम बुढाथोकि, सदस्यहरुमा बिरजंग भण्डारी, ढालिद्रप्रसाद गौतम टंकबहादुर के.सी., हर्कबहादुर पाण्डे, मनु पाण्डे,मञ्जु चालिसे, कौशिला घर्ती,सुरेन्द्र मल्ल , पूर्णबहादुर खडका,, दिनेश पन्त, चन्द्रदत्त रेग्मी, मुकुन्द भण्डारी, कृष्ण प्रसाद पाण्डे, रामप्रसाद कडेल लगायत रहेका छन ।
गठित समितिले पहिलो चरणमा समितिका पदाधिकारी, पत्रकार, प्रहरी प्रशासन र दोषि प्रहरीबिच सयुक्त छलफल गर्ने, बिरामीको उपचारका लागी तत्काल क्षतिपुर्तिको माग गर्ने, दोषिलाई कानुन बमोजिम हिरासतमा राख्ने र समितिले दबाब मुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।


कारबाही गर्न माग
गत पौष ३० गते आईतबार राति साढे ९ बजे प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई मरणासन्न हुने गरी कुटपिट गरेको घटनाप्रति गलकोट समाज गलकोटले एक बिज्ञप्ती प्रकाशित गरि उक्त घटनाको भत्र्सना गर्दै, घाइते बस्नेतको शिघ्र स्वास्थ लाभको कामना गरेको छ ।
गलकोट समाज गलकोटका अध्यक्ष हर्क बहादुर पाण्डे द्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ सोमवार राति करिब ९ बजे गलकोट हटियाको प्रहरी बिटमा कार्यरत प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गम्भीर घाईते हुन पुग्नु भएका गलकोट नगरपालिका ६ निवासी ४० बर्षिय सोमबहादुर बस्नेतको पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको खबरले सम्पूर्ण गलकोटबासीहरु मर्मिहत भएको उल्लेख गरिएको छ ।
घाईते सोम बस्नेतकी श्रीमती कृष्णकुमारी बस्नेतले जानकारी दिए अनुसार घाईते सोम बस्नेतको कुटपिटका कारण पिसाब नली फुटेको छ भने शरीरमा रगत धेरै जमेकाले फि ओे निकालेर उहाँको अप्रेसन गरिएको छ । जनताको सेवक प्रहरीलेनै सामान्य विषयमा लिएर निर्घात कुटपिट गरि मरणासन्न अबस्थामा पु¥याउने घटनामा संलग्न प्रहरीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन र क्षतिपूर्ति दिन समेत गलकोट समाज गलकोट परिवारद्वारा जोडदार माग गर्दै रक्षक नै भक्षक बनी गरेको यस्तो अमानवीय कार्यको घोर भत्र्सना गर्न चाहन्छौ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

घटनाको जापान र बेलायतमा बिरोध
प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्षे सोमबहादुर बस्नेतलाइ घाइतेहुने गरि मरणासन्न हुने गरि कुटपिट गरेको प्रति गलकोट समाज जापानले बिज्ञप्ति निकाल्दै उक्त घटनाको भर्त्सना गर्दै, घाइते बस्नेतको शीग्र स्वास्थलाभको कामना गरेको छ ।
सस्थाका अध्यक्ष दिलु खत्रीद्वारा जारि बिज्ञप्तिमा भनिएको छ कुटपिटमा संग्लग्न प्रहरीलाइ तत्काल कानुनि कारबाहीको माग गर्दै घाइतेलाइ उचित क्षतिपुर्ति दिन समेत माग गर्दछौ । सोमवार राती करिब ९ बजे गल्कोट हटियामा प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गम्भिर घाईते हुन पुग्नु भएका गलकोट नगरपालिका ६ निवासी ४० बर्षिय सोमबहादुर बस्नेतको पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको खबरले जापानबासी सम्पुर्ण गल्कोटेहरु मर्मा्हित भएका छौ ।
घाईते सोम बस्नेतकी श्रीमती कृष्णकुमारी ज्युले जानकारी दिए अनुसार घाईते सोम बस्नेतको कुटपिटका कारण पिसाब नली फुटेको छ भने शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उहाँको अपरेसन गरिएको छ । जनताको सेवक प्रहरीलेनै सामान्य विषयमा लिएर निर्घात कुटपिट गरि मरणासन्न अबस्थामा पुराउने घटनामा संलग्न प्रहरीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन र क्षतिपूर्ति दिन समेत गल्कोट समाज जापान परिवार द्वारा जोडदार माग गर्दै रक्षक नै भक्षक बनि गरेको यस्तो अमानविय कार्यको घोर भर्त्सना गर्दछौ ।

र यु.केमा पनि

यसै गरी गलकोट समाज यु.के ले पनि घटनाको भत्र्सना गर्दै विज्ञप्ति जारी गरेको छ । गलकोट समाज युके का अध्यक्ष राजु कडेलद्धारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ । गलकोटे युबा सोम बस्नेतलाई प्रहरी जवानहरुले मरणासन्न हुने गरी कुटपिट गरेको खबरले हामी प्रदेशमै रहेपनि स्वदेशमै मन छाडेर आएका सबे गलकोटेहरुको मन अमिलो भएको छ । गलकोट समाज युके समाजमा घट्ने यस्ता सबैप्रकारका आपराधिक घटनाको घोर निन्दा गर्दछौं घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कानुनि कारवाही तथा पिडितलाई उचित क्षतिपुर्तिको ब्यबस्थता गर्न माग गदैं घाईते बस्नेतको सिघ्र स्वाथ्य लाभको कामना गरिएको उल्लेख छ ।