डाडाँखेतमा पिकअप र मोटरसाइकल आपसमा ठोक्किए

187Shares

रेडियो गलकोट माघ २१
गलकोट नगरपालिका वडा नं ४को डाडाँखेतमा आज पिकअप जिप र मोटरसाइकल एक आपसमा ठोकिदा १ जना घाइते भएका छन् ।

गलकोट नगरपालिका वडा नं ३ हटियाबाट डाडाँखेत तर्र्फ जादै गरेको ध १ प ७५८२ नम्वरको मोटरसाइकल र नरेठाटिँबाट हटिया तर्फ आउदै गरेको लु १ च ३६६६ नम्बरको पिक अप जिप एक आपसमा ठोकिदा मोटरसाईकल चालक सौभाग्य घर्तीमगर घाइते हुनुभएको प्रहरी चौकी हटियाले जनाएको छ ।

गलकोटका ट्राफिक प्रहरी पुर्ण बहादुर श्रेष्ठका अनुसार घाईते गलकोट नगरपालिका वडा नं २ का वडा सदस्य भक्त बहादुर घर्तिमगरका २१ वर्षिय छोरा रहेको बताइएको छ । घाइते घर्तिमगरको दायाँ खुट्टा चोट लागेको छ ।

घाइते घर्तिमगरलाई आरोग्य अस्पताल हटियामा सामान्य उपचारपछि थप उपचारकोलागी पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । दुबै सवारि प्रहरीको नियन्त्रणमा रहेको प्रहरी चौकी हटियाले जनाएको छ ।घाईतेलाई आफन्त तथा सबारी चालक रिम बहादुर पुन र उनका बुबा भक्त बहादुर घर्तिले उपचारको लागी पोखरा लगेको बताइएको छ ।