न्यु लाईफले गर्यो ९ सय बिद्यार्थीलाई पुरष्कृत

444Shares

रेडियो गलकोट, फाल्गुण १८ ।–
न्यु लाईफ आवसिय माध्यामिक विद्यालयले बिभिन्न बिधाबाट उत्कृष्ट हुने ९ सय बिद्यार्थिलाई पुरस्कार वितरण गरेको छ ।

पुरष्कार बितरण संगैं शुक्रबार कक्षा १० मा अध्ययनरत विद्यार्थिलाई बिदाई कार्यक्रम सम्पन्न भएको बिद्यालयले जनाएको छ । पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि गलकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख खेम प्रसाद आचार्यले बिद्याथीको सबैपक्षको बिकासको अध्ययन अध्यापन संगैं अतिरित्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

बिद्यालयले यस शौक्षिक शत्र भित्र बिद्यार्थिको अन्तरनिहित क्षमता बृद्धि र बिकासगर्न हरेका शुक्रकार तथा बिशेष दिनमा सञ्चालन भएका बिबिध प्रतियोगितात्मक कार्यक्रममा उत्कृट हुने करिब ९ सय बिद्याथिलार्ई पुरष्कार बितरण सँगै एस ई ई दिने कक्षा १० मा अध्यानरत बिधार्थि हरुलाई उज्जल भबिष्य कामना सहित फुल माला र माया चिनो सहित बिदाई गरिएको हो ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष घनश्याम शर्माको अध्यक्षता सहायक प्रधानाध्यापक वीर बहादुर बोहोरा क्षेत्रीको सञ्चालन सम्पन्न भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*