सामुदायिक रेडियोले समुदायको मुद्धामा काम गर्नुपर्छ : सम्पादक खड्का

379Shares

सामुदायिक रेडियो गलकोट, फागुन २७ बागलुङ ।–

सामुदायिक सूचना नेटबर्क सिआइएनका समाचार सम्पादक गोबिन्द खड्काले सामुदायिक रेडियोले समुदायको मुद्धामा काम गर्नुपर्ने बताउनुभएको छ ।

सामुदायिक रेडियो गलकोट एफ एमको बिशेष सम्बादमा कुरागदैं सम्पादक खड्काले सामुदायिक रेडियोमा समुदायको सहभागिता, समुदायको अपनत्व, समुदायको स्वामित्ब सुनिश्चत हुनुपर्ने बताउनुभयो । उहाँले समुदायको बिचमा रेडियो हुनु ठुलो कुरा नभएको बताउदै त्यो समुदायले मेरो रेडियो भन्ने बनाउनुपर्ने बताउनुभयो ।

 

‘यो सामुदायिक रेडियो नहुदा आफुमा केही नभएको अनुभुति गरको छ, की छैन् ?  छैन भने किन महशुष गर्न सकेन्  ? हामिले समुदायको सहभागिता जुटाउन सकेनौं, सुनिरहदा सुन्ने ब्यक्तीका कुरा प्रसारण गर्न सकेनौ, उसलाई आबश्यक पर्ने बिषय प्रसारण गर्न सकेनौं, के भयो भने त्यो प्रसारण गर्न सक्छौं,

सामुदायिक रेडियो समुदाय केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । खड्काले भन्नुभयो : ‘यो सामुदायिक रेडियो नहुदा आफुमा केही नभएको अनुभुति गरको छ, की छैन् ?  छैन भने किन महशुष गर्न सकेन्  ? हामिले समुदायको सहभागिता जुटाउन सकेनौं, सुनिरहदा सुन्ने ब्यक्तीका कुरा प्रसारण गर्न सकेनौ, उसलाई आबश्यक पर्ने बिषय प्रसारण गर्न सकेनौं, के भयो भने त्यो प्रसारण गर्न सक्छौं,  उहाँले यस्ता बिषयमा रेडियोको सञ्चालक समिति देखी स्टाफ सम्म त्यस्को जिम्मेबारी हुने बताउनुभयो ।
सामुदायिक रेडियोहरुले प्रसारण गर्ने कार्यक्रम, समाचारबारे लक्षीत श्रोताको प्रतिक्रियाको महत्व नदिने गरेको,  प्रसारित सामाग्री श्रोतालाई कत्तिको उपयोगि भयो भनेर श्रोतासंग छलफल नै नगरी प्रसारण गदैं जाने  गर्दा सामुदायिक रेडियो समुदायको रेडियो बन्न नसकेको खड्काको भनाई छ ।

उहाँले सामुदायिक रेडियोमा आर्थिक, जनशक्ति ब्यबस्थापनमा समस्या रहेको बताउदैं समाधान गर्न समुदायको अबाज, रेडियो प्रतिको चेनता, बुझाई सञ्चारकर्मि र ब्यबस्थापन समिति सबै पक्षले गहिरीएर छलफल गर्नुपर्ने बताउनुभयो ।

सुन्नुहोस् :सामुदायिक रेडियो गलकोटमा घनश्याम गौतमले गोबिन्द खड्कासंग गरको बिशेष सम्बाद ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*