पाण्डबखानीमा हिरो कप २०८३ सम्पन्न
गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीमा हिरो कप २०८३ सम्पन्न भएको छ ।
जैलुङ युवा समाजको आयोजनामा सञ्चालित ‘हिरो कप २०८३’ खेलकुद, सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहितसम्पन्न भएको छ । हिरो कपअन्तर्गत आयोजित पुरुष भलिबल प्रतियोगितामा रमुवा टिम ए ले प्रथम स्थान हासिल गर्दै उपाधि जितेको छ भने सुनपानी टिम दोस्रो भएको छ । त्यसैगरी कुर्सी दौड प्रतियोगितामा सृष्टि श्रीस प्रथम, मिना घर्ती द्धितिय, र अमृता घर्ती तृतीय हुनुभएको छ ।
त्यस्तै नृत्य प्रतियोगितामा न्यु घुम्टे एजुकेसनल एकेडेमी प्रथम, मनिका काउचा ग्रुप सोरमने दोस्रो, एक्टिभ ग्रुप बाईगाउ तेस्रो र आयोजक टिम सि सान्त्वना भएका छन्।
कार्यक्रममा बोल्दै बरिस्ठ समाजसेवी मानसिंह छन्त्यालले युवाहरू संगठित भई समाज रूपान्तरण, संस्कृति संरक्षण तथा विपद्मा परेका नागरिकलाई सहयोग गर्ने कार्यमा सक्रिय हुनु सकारात्मक पक्ष भएको बताउनुभयो ।
त्यसैगरि गलकोट नगरपालिका वडा नं. १० का वडा अध्यक्ष काउचाले जैलुङ युवा समाजले खेलकुदसँगै सामाजिक तथा परोपकारी क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा समाजप्रति योगदान पु¥याएका ज्येष्ठ नागरिक तथा भूतपूर्व खेलाडीहरूलाई सम्मान गरिएको थियो । त्यस्तै एकल महिला पोषण कार्यक्रमअन्तर्गत कुमारी सुनार र रुनमाया श्रीसलाई बाख्रासमेत वितरण गरिएको थियो भने, रेडक्रस सोसाइटीमार्फत गोठमा आगलागी हुँदा क्षति व्यहोर्नुभएका भक्तबहादुर श्रीसलाई राहतस्वरूप नगद रु. ३ हजार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम विवेक घर्तीको अध्यक्षता, प्रवीण श्रीसको स्वागत र रावल पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका
नेपाली काग्रेस पाण्डबखानीको शुभकामना आदानप्रदान
गलकोट नगरपालिका वडा नंं. १० पाण्डवखानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा कार्यसमिति गलकोट नगरपालिका वडा नं. १०,
रास्वपा ताराखोला–२ को वडा अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताराखोला गाउँपालिका वडा नंं. २ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पूर्ण बहादुर खत्रीको सभापतित्वमा ११










प्रतिकृया दिनुहोस