नेपाली काग्रेस पाण्डबखानीको शुभकामना आदानप्रदान
गलकोट नगरपालिका वडा नंं. १० पाण्डवखानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस वडा कार्यसमिति गलकोट नगरपालिका वडा नं. १०, पाण्डबखानीको आयोजनामा शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तिलक घर्तीले शुभ दीपावली, नेपाल संवत् र छठ पर्वजस्ता चाडपर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता बलियो बनाउने बताउनुभयो । उहाँले वर्तमान राजनीतिक परिस्थिति र स्थानीय विकास निर्माणका विषयमा जोड दिँदै कांग्रेस संगठनलाई अझ सुदृढ बनाएर जनपक्षीय काममा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै कार्यक्रमका अवसरमा नेपाल प्रेस युनियनका जिल्ला सदस्य सुरेश छन्त्यालले शुभकामना मन्तव्य राख्दै सुवेच्छुक संस्था नेपाल प्रेस युनियन र पार्टी बीचको सुमधुर सम्बन्धबारे जानकारी गराउँदै समाजका विकृति विसङ्गति अन्त्य गर्न र सत्यतथ्य सूचना प्रवाह गर्न प्रेस र राजनीतिक दलबीचको समन्वय अपरिहार्य रहेको बताउनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ समाजसेवी मानसिंह छन्त्याल, प्रदेश प्रतिनिधि भक्तबहादुर काउचा, महाधिवेशन प्रतिनिधिहरू राधिका पुन, तिलक घर्ती र रामप्रसाद वि.क. लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले स्थानीय स्तरमा पार्टी पंक्तिलाई ऊर्जा थप्नुका साथै आपसी सम्बन्धलाई अझ प्रगाढ बनाएको आयोजकले जनाएको छ ।
कार्यक्रम पार्टीका वडा कार्यसमिति सभापति गंगा बहादुर घर्ती पुनको सभापतित्व, क्षेत्रीय प्रतिनिधि नविन रानाको स्वागत र नगर सह सचिव दिप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका
रास्वपा ताराखोला–२ को वडा अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताराखोला गाउँपालिका वडा नंं. २ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पूर्ण बहादुर खत्रीको सभापतित्वमा ११
भयरखर्कमा स्वास्थ्य आमा समूहलाई तौल मेसिन हस्तान्तरण
गलकोट नगरपालिका वडा नंं ४ भयरखर्कमा सुत्केरी महिला भेटघाट तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ । बौर आधारभूत स्वास्थ्य सेवा










प्रतिकृया दिनुहोस