अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला फागुनमा
गलकोट कला प्रतिष्ठानको भेला सम्पन्न भएको छ । भेलाले अन्तराष्ट्रिय मुर्तिकलाको कार्यशालामा २०७६ फागुन ४ गते देखि सुरु गरिने निर्णय गरेको छ।
भेलामा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले अन्तराष्ट्रिय मुर्तिकला सम्पन्न गर्नको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
भेलामा संघ र प्रदेशबाट अन्तराष्ट्रिय मुर्तिकला निर्माणको लागि विनियोजित ९० लाख रुपैयाको खर्च विवरण कला प्रतिष्ठानका अध्यक्ष पुर्ण बहादुर रानाले प्रस्तुत गर्नुभएको थियो ।
जसमा कार्यशालामा मुर्ति निर्माण गर्नको लागि २ टन बराबरका ३० वटा ढुङ्गा खरिद, कार्यशाला हुने ठाँउमा पुग्नका लागि बाटो निर्माण तारजाली पार्किङ स्थल जग्गा सम्माउने मुर्ति बनाउनका लागि उपकरणहरु खरिद, शौचालय, निर्माण लगायतका कार्य सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष रानाले बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष भगवती मल्ल, गलकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायणध्वज मल्ल, २ का अध्यक्ष हेमन्त भण्डारी, १० का अध्यक्ष तिलक घर्ती, ताराखोला गाउपालिका वडा नं ३ का अध्यक्ष दिल बहादुर बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । भेलाको अध्यक्षता गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्या पुर्ण बहादुर रानको अध्यक्षता कोषाध्यक्ष याम श्रीसको स्वागत र सचिब सुनमाया ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।
आज संविधान दिवस देशभर मनाईंदै
आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । संविधान जारी भएको आज ११
आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाईँदै
आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा
आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै
आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ । विशेषगरी ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाउने गरिन्छ । महिलाहरुले आज बिहानै उठेर नजिकको नदी,










प्रतिकृया दिनुहोस