• ON AIR
  • UP NEXT

आज काग तिहार मनाइँदै

कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो खान दिई खुशी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने चलन छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ को कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको छ । यमदीप दान हिजोदेखि नै शुरु भएको हो । गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व हिजो नै मनाइएको छ ।

भोलि नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । पर्सि २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ ।

यमपञ्चकको अन्तिम दिन अर्थात् २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।
 

प्रतिकृया दिनुहोस

बागलुङमा देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न पाइने

जिल्ला प्रहरी कार्यालय बागलुङले तिहारमा खेलिने देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन आग्रह गरेको छ । कार्यालयले सूचना

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ ।  तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ । विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी

↑