• ON AIR
  • UP NEXT

मूर्तिकला कार्यशाला सफल पार्न काठमाडौ उपसमितिको गठन 

अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला २०७६ सम्बन्धमा गलकोट घुम्टे विकास मञ्च काठमाडौं, बागलुङ गलकोट महिला समुह काठमाडौ र काठमाडौमा विभिन्न पेशा व्यवसाय सम्बद्ध बुद्धिजीबी बीच काठमाण्डौंमा खुल्ला छलफल सम्पन्न भएको छ । 
आगामी फागुन ५ गते देखी २१ गते सम्म आयोजना गर्न लागीएको गलकोट अन्तराष्टिय मूर्तिकला २०७६ को प्रवद्र्धन गर्ने उद्देश्यले छलफल गरिएको हो ।

 कार्यक्रममा बोल्दै कार्याशालका अध्यक्ष क्याप्टेन पुर्ण बहादुर रानाले मूर्तिकार्यशाला गलकोटबासिसँग मात्र नभई सिङगो राष्टको प्रतिष्ठा र इज्जतसँग जोडिएकोले यस कार्यलाई सफल रुपमा सम्पन्न गर्नका लागी सम्पूर्ण गलकोट बासी एक हुनुपर्ने बताउनुभएको थियो । उहाँले समृद्ध गलकोट निर्माणमा जुनसुकै सहयोगका लागी खुल्लारुपमा सहयोगमा अगाडि आउनुपर्ने बताउनु भयो । 
कार्यशालाका संयोजक मूर्तिकार प्राज्ञ ओम खत्रीले मूर्तिकारहरुको व्यवस्थापन तथा कार्यक्रम तालिका, कार्यशाला गर्दा विभिन्न ठाँउ परिवेशमा रहि आएको व्यवस्थापन लगाउतको बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै घुम्टे विकास मञ्च काठमाडौका अध्यक्ष कार्यशाला आयोजना काठमाडौ आर्थिक उपसमितीका संयोजक प्रशान्त ढकाल र सचिव मिलन कडेलले कार्यशालालाई सफल पार्नका लागि आर्थिक व्यवस्थापन, पारदर्शिता, कार्य व्यवस्थापनका विषयमा धारणाहरु व्यक्त गर्नुभएको थियो ।

मञ्चले सिफारीस गरेको उपसमितिको सयोजकमा प्रशान्त ढकाल, उपसयोजक, ज्योति श्रेष्ठ, सचिब मिलन कडेंल, रहनु्भएको छ भने सदस्यहरुमा भुपेन्द्र खत्री, थम्मन बहादुर बस्नेत, बिनोद गौचन शालिग्रमा शर्मा, बिराज सुबेदी, खड्क बहादुर बसनेत, गिता बोहोरा गणेश चालिसे, तारा न्योपाने र ईल्शन थापा रहनुभएको छ ।

भेलाको अबसरमा गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण बहादुर रानाले उत्त काठमाण्डौं आर्थिक उप समितिलाई प्रतिष्ठाने अनुमोदन गरेको जानकारी गराउनु भएको थियो
कार्यक्रमलाई प्रतिष्ठानको सचिव सुनमाया ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।  
 

प्रतिकृया दिनुहोस

आज संविधान दिवस देशभर मनाईंदै

आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । संविधान जारी भएको आज ११

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाईँदै 

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा

आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै

आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ । विशेषगरी ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाउने गरिन्छ । महिलाहरुले आज बिहानै उठेर नजिकको नदी,