प्रधानमन्त्री प्रचण्ड गलकोट आउने
श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञमा नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गलकोट आउने हुनुभएको छ ।
गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म गलकोटमा संचालन गरिने महायज्ञको पाँचौ दिनको दिन प्रधानमन्त्री आउने हुनुभएको हो ।
श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ मुल समारोह समितिका उपसंयोजक तथा गलकोट बहुुमुखि क्याम्पसका उपाध्यक्ष हर्क पाण्डे लगायतको टोलीले आज सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाट गर्दै महायज्ञको निमन्त्रणा दिनुभएको थियो ।
सम्माननिय प्रधानमन्त्रिले उक्त निमन्त्रणा स्विकृति गरि महायज्ञको पाँचौ दिन यहि फागुन १० गते गलकोट आउने जानकारी गराएको श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ मुल समारोह समितिका सदस्य तथा स्वागत उपसमितिका सदस्य चन्द्रदत्त रेग्मीले जानकारी दिनुभयो ।
महायज्ञ संचालनको मिति नजिकिए संगै श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञलाई सफल पार्न राजधानी काठमाडौ र देशका प्रमुख शहरहरुमा भेटघाट तथा प्रचारात्मक अभियान तिव्र पारिएको गलकोट बहुमुखि क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक घनश्याम शर्मा सुवेदीले जानकारी दिनुभयो ।
हिलमा फेयरमेड, एनजिडिएफद्वारा आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री सहयोग
ताराखोला गाउँपालिका वडा नम्वर ३ हिलमा आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएका परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । सोमबार साँझ ७ बजेर १०
ताराखोलामा आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण
ताराखोला गाउँपालिका वडा नम्वर ३ हिल गाउँमा आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएपछि प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । सोमबार साँझ ७
बतासेडाँडामा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
गलकोट नगरपालिका वडा नम्वर ३ बतासेडाँडामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । आज साँझ करिब ५ बजेर ५० मिनेट जाँदा हटियाबाट









प्रतिकृया दिनुहोस