• ON AIRम्यूजिक ग्यालेक्सी
  • UP NEXTअफलाईन च्वाईस

ताराखोलामा आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण 

ताराखोला गाउँपालिका वडा नम्वर ३ हिल गाउँमा आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएपछि प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।

सोमबार साँझ ७ बजेर १० मिनेट जाँदा स्थानीय थमबहादुर पुनको घरमा दीपावलीको अवसरमा बालिएको मैनबत्तीबाट आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो ।

आगलागी भएको घटनास्थलको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले स्थलगत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले आगलागीबाट भएको क्षतिको अवस्था बुझ्दै घटनाबारे जानकारी लिनुभएको थियो ।

प्रसाईले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आगलागीबाट बच्न विशेषगरी चाडपर्वका बेला मैनबत्ती, दियो तथा अन्य आगोका स्रोत प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सानो असावधानीले ठूलो जनधनको क्षति हुन सक्ने भएकाले आगो बालेर छाड्ने प्रवृत्तिबाट सचेत रहनुपर्ने बताउनुभयो ।

यसैबीच, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले आगलागी प्रभावित परिवारलाई चामल, दाल, नुन, तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको छ ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष शाक्यले विपद्का बेला प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले पीडित परिवारलाई परेको दुःखमा साथ दिन र आवश्यक सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।

हस्तान्तरण तथा अवलोकन कार्यक्रममा जनप्रतिनिधी, प्रहरी स्थानिय लगायतको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

हिलमा फेयरमेड, एनजिडिएफद्वारा आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री सहयोग

ताराखोला गाउँपालिका वडा नम्वर ३ हिलमा आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएका परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । सोमबार साँझ ७ बजेर १०

बतासेडाँडामा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

गलकोट नगरपालिका वडा नम्वर ३ बतासेडाँडामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । आज साँझ करिब ५ बजेर ५० मिनेट जाँदा हटियाबाट

मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा 

गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका

↑