हिलमा फेयरमेड, एनजिडिएफद्वारा आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री सहयोग
ताराखोला गाउँपालिका वडा नम्वर ३ हिलमा आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएका परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।
सोमबार साँझ ७ बजेर १० मिनेटको समयमा दीपावलीको अवसरमा बालिएको मैनबत्तीबाट आगलागी हुँदा स्थानीय थमबहादुर पुनको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो ।
आगलागीका कारण परिवारको घरसहित घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । आगलागीबाट प्रभावित परिवारलाई ताराखोला गाउँपालिकाको समन्वय र रोट्रयाक्ट क्लब अफ गलकोट बागलुङको सहकार्यमा सम्बोधन परियोजना फेयरमेड, एनजिडिएफ बागलुङले राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रभावित परिवारलाई त्रिपाल, सिरक, सिरानी, चामल, दाल, नुन, तेललगायत खाद्यान्न तथा अत्यावश्यक सामग्री प्रदान गरिएको थियो ।
आगलागीबाट घरबारविहीन बनेको परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराई राहत तथा सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो ।
ताराखोलामा आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण
ताराखोला गाउँपालिका वडा नम्वर ३ हिल गाउँमा आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएपछि प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । सोमबार साँझ ७
बतासेडाँडामा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
गलकोट नगरपालिका वडा नम्वर ३ बतासेडाँडामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । आज साँझ करिब ५ बजेर ५० मिनेट जाँदा हटियाबाट
मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका









प्रतिकृया दिनुहोस