• ON AIR
  • UP NEXT

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइतका रूपमा निर्धारण गरिएको हो ।

यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रवारदेखि शुरू हुनेछन् । २० गते धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ ।कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ । त्यस्तै कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।

कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरू हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधवार यमद्वितीया तथा भाइटीका मनाइनेछ ।

समितिका अनुसार भाइटीकाको दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ ।

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाउने तथा मखमली र सयपत्रीका माला पहि¥याउने परम्परा छ ।
 

प्रतिकृया दिनुहोस

बागलुङमा देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न पाइने

जिल्ला प्रहरी कार्यालय बागलुङले तिहारमा खेलिने देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन आग्रह गरेको छ । कार्यालयले सूचना

आज काग तिहार मनाइँदै

कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ ।  तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ । विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा

↑