तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र हलीको पूजा मनाइँदै
कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।
आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । कात्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले बताउनुभयो ।
वर्षभर खेतबारी जोतेर कृषि कर्ममा सघाउने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । यसै गरी, हली तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरिन्छ । आजको दिनलाई हली तिहार पनि भनिन्छ । तिहारको चौथो दिन हिजो गाईको पूजा गरिएको छ ।
अस्ति लक्ष्मीपूजा तथा कुकुर तिहार र शनिबार काग तिहार परेको थियो । यमपञ्चकको अन्तिम दिन अर्थात् भोलि यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि भोलि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी मनाउने गरिन्छ । हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने
नेपाल संवत् ११४७ शुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै
नेपाल संवत् ११४७ आजदेखि शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल
आज तिहारको चौथो दिन, गाईपूजा गरिँदै
तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा









प्रतिकृया दिनुहोस