समाचारकै कारण राम्जाली दम्पतिको घर बन्दै
एक हप्तामा निर्माण सम्पन्न हुने ।
गलकोट नगरपालिका वडा नं ९ मल्म छिसका बेसाहारा वृद्ध दम्पती चन्द्रबहादुर राम्जाली र उहाँकी श्रीमती सरस्वती राम्जालीको अनुहार यतिबेला खुसि देखिन्छ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीको आर्थिक सहयोग तथा नवज्योति युवा क्लव गलकोट नगरपालिका वडा न ७ आगाखेत बामिया र स्थानियको सम्वन्यमा घर निर्माण कार्य सुरु भए सँगै राम्जाली दम्पती खुसी भएका छन् ।
सामुदायिक रेडियो गलकोट एफ.एम १०२ थोप्लो ४ मेगाहर्जले गत फागुनमा वेसाहारा राम्जाली दम्पतीको दैनिकी सामाजिक सुरक्षा भत्ताकै भरमा भन्ने शिर्षकमा समाचार सम्पे्रशण गरे सँगै राम्जाली दम्पतीको लागि विभिन्न संघ संस्थाबाट खाद्यन्न, लताकपडा लगायतका दैनिक उपभोग्यका सामाग्री सहयोग गरे सँगै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले राम्जाली दम्पतीको घर बनाईदिने घोषणा गर्नुभएको थियो । करिब २ लाखको लागतमा निर्माण गरिन लागैको राम्जाली दम्पतीको २ कोठा सहितको घर र चर्पी बनाउन सुरु गरिएको छ । राम्जाली दम्पतीको घर निर्माणको लागि ढुङगा, माटो, रड र सिमेन्टको प्रयोग गरि निर्माण गरिने नवज्योति युवा क्लवका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभयो । राम्जाली दम्पतीको घरको केहि दिन अगाडि जग थापेर घरको गारो लागउन सुरु गरिएको छ । वर्खाको समय भएकोले दम्पतीको घर निर्माण सम्पन्न गर्नको लागि अझै १ साता लाग्न सक्ने बताइएको छ ।
राम्जाली दम्पती २०३६ सालदेखि गाँउलेको सहयोगमा ओत लाउनकै लागि निर्माण गरिएको खरको झुपडि भित्र बस्दै आएका थिए । ओत लाउनकै लागि पानी चुहिने खरको घर त्यसमाथि ढोका समेत नभएको घरमा बस्दै आएपनि खानाको लागि अन्न र लगाउनको लागि लत्ता कपडा समेत नभएको भन्दै यस अघि घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ ले लत्ता कपडा र केहि खाद्यन्न सहयोग गरेको थियो ।
७८ वर्षिय चन्द्र बहादुर रामजाली र उहाँकी ८० वर्षिय श्रीमति सरस्वती रामजाली दम्पतीको १ छोरी हुनुहुन्छ । छोरीको बिहे पछि रामजाली दम्पती बुढेसकालमा बेसाहारा बनेको थियो । अहिले विभिन्न युवा क्लव र संघ संस्थाको सहयोग पाउदा आफु खुसि भएको राम्जालीले बताएका छन् । उनीहरुको दैनिकी सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ताकै भरमा चल्दै आएको छ ।
रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला
सामुदायिक रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग, शिक्षा, युवा तथा खेलकुद शाखाको
नेकपा एमालेको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नंं. ५ गिठेचौरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी बागलुङ जिल्ला कमिटि र गलकोट नगर कमिटिको आयोजनामा
गलकोटमा श्रद्धाञ्जली सभा
गलकोट नगरपालिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ३ को आयोजनामा









प्रतिकृया दिनुहोस