नेकपा एमालेको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नंं. ५ गिठेचौरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी बागलुङ जिल्ला कमिटि र गलकोट नगर कमिटिको आयोजनामा नेकपा एमालेका केन्द्रिय सदस्य मञ्जु शर्मा चालिसेको सासुआमा तथा टंक चालिसेको ममतामयी आमा स्व. नन्दकली उपाध्यायको नवौं दिनको पूण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
सो अवसरमा श्रद्धाञ्जली फ्रेम तथा शोक मन्तव्य जिल्ला अध्यक्ष विष्णु भुषालले व्यक्त गर्नुभएको थियो । त्यस्तै परिवारले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।
सो अवसरमा गण्डकी प्रदेश सभा सदस्य उपसभामुख बिना कुमारी थापा, नेकपा एमाले गण्डकी प्रदेशका ईन्चार्ज, केन्द्रिय कमिटि सचिव तथा पूर्व मुख्यमन्त्रि खगराज अधिकारी, नेकपा एमाले जिल्ला ईन्चार्ज तथा पूर्व सांसद मनकुमारी के.सी, केन्द्रिय सदस्य सिरुप्रसाद शर्मा, गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्मा लगायतको उपस्थिती रहेको थियो ।
श्रद्धाञ्जली सभा नेकपा एमाले जिल्ला सचिवालय सदस्य डम्मर बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्वर्गीय उपाध्यायको गत कार्तिक २० गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।
रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला
सामुदायिक रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग, शिक्षा, युवा तथा खेलकुद शाखाको
गलकोटमा श्रद्धाञ्जली सभा
गलकोट नगरपालिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ३ को आयोजनामा
अर्गलमा भुस पोलेर खोरिया फाँडेको सम्झना, छापो हालेर हिउँदे खेतीको सुरुवात
तिहारको भाइटीकासँगै बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा अर्गली मगर समुदायले आफ्नो मौलिक पर्व मनाएको छ । वर्षभरि मृत्यु भएका आफन्तको सामूहिक









प्रतिकृया दिनुहोस