निउरे समाज जापानद्धारा बाढीपीडितलाई १ लाख ५५ हजार बढि सहयोग
निउरे समाज जापान ले हरितालिका तीज कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
भोटेकोशी नदिमा आएको बाढीका कारण देश शोक र पीडामा रहेको अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निर्णय गर्दै निउरे समाज जापानले सेप्टेम्बर २, २०२६ (बुधबार) जापानको टोकियोमा आयोजना गरेको हरितालिका तीज दर खाने तथा सांस्कृतिक कार्यक्रम–२०२६ रद्द गर्ने निर्णय गरेको निउरे समाज जापानका अध्यक्ष खिमानन्द निउरेल जानकारी दिनुभयो ।
‘यस बिपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’ उहाँले भन्नुभयो ‘साथै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गदछौँ ।’
उहाँले देश कठिन र पीडादायी परिस्थितिबाट गुज्रिरहेको यस अवस्थामा मनोरञ्जनभन्दा मानवीय सहयोग, राहत तथा उद्धारलाई प्राथमिकता दिनु सामाजिक दायित्व भएको महसुस गर्दै कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।
कार्यक्रमका लागि संकलन गरिएको तथा कार्यक्रम सञ्चालनका लागि छुट्याइएको रकम बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा सहयोगमा उपलब्ध गराउने निर्णय गरेको समाजका सचिव खिम निउरेले बताउनुभयो ।
समाजको तर्फबाट १ लाख ५५ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत गरिएको छ । विपदमा परेका नागरिकको उद्धार, राहत तथा जीवनरक्षाकालागि सबैलाई एकजुट भई सहयोगी हात अघि बढाउन अनुरोध गरिएको छ ।
बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको निउरे समाज जापानका सदस्य मन्दिप निउरेले बताउनुभयो ।
रास्वपा जापानको अधिवेशन सकियो: नयाँ नेतृत्व चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जापानको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्टीको आगामी कार्य योजना तय गर्दै नागरिक मैत्री पार्टी बनाउने
संविधानले दिएको अधिकारलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्छ : एनआरएनए पुर्व अध्यक्ष आचार्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्का पूर्व अध्यक्ष कुल आचार्यलले एनआरएनए नागरिकता कार्यान्वयनमा भइरहेको ढिलाइप्रति गम्भीर
गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाको भेटघाट
गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाको मंगलबार वारविक्यु तथा भेटघाट कार्यक्रम सिजुओका आवेगावा रिभर साईडमा सम्पन्न भएको छ । प्रवासमा रहेका सबै










प्रतिकृया दिनुहोस