दरमखोला बाढी प्रभावितलाई भौतिक मन्त्री लम्सालको ढाडसः “पुनर्निर्माण र राहतमा सरकार तपाईंकै साथमा छ”
गत असोज ११ गते दरमखोलामा आएको बाढीबाट प्रभावित बनेका गलकोट क्षेत्रका विभिन्न बस्तीहरूको भौतिक मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ ।
नेपाल सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुनील लम्साल, प्रतिनिधिसभा सदस्य सोम शर्मा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य तथा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे सहित स्थानिय जनप्रतिनिधि लगायतको संयुक्त टोलीले बाढीबाट क्षति पुगेका भौतिक पूर्वाधार र प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकन गरेको हो ।
निरीक्षणका क्रममा मन्त्री लम्सालले बाढीका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकहरूलाई सरकारको तर्फबाट आवश्यक कार्यसम्पादन हुने र तीनै तहको समन्वयमा उद्धार तथा पुननिर्माणको काम अगाडी बढाईने बताउनुभयो ।
“विपदको यस कठिन घडीमा संघ, प्रदेश र स्थानीय तह जनताको साथमा छ,” मन्त्री लम्सालले भन्नुभयो, “अवरुद्ध बनेका सडक, खानेपानी तथा अन्य पूर्वाधारहरूको तत्काल मर्मत–सम्भार गरी जनजीवन सामान्य बनाउन सरकार प्रतिबद्ध छ ।”
त्यस्तै, बागलुङ क्षेत्र नम्वर २ का संघिय सांसद प्रतिनिधिसभा सदस्य सोम शर्माले विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
स्थलगत निरीक्षणका क्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले दरमखोलामा आएको बाढीले पु¥याएको क्षति र नगरपालिकाले हालसम्म गरेका राहत तथा उद्धारका प्रयासहरूबारे टोलीलाई जानकारी गराउनुभएको थियो ।
निउरेले दीर्घकालीन समाधान र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक बजेट तथा सहयोगको माग गर्नुभयो ।
त्यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जिल्ला प्रशासन कार्यालयको तर्फबाट आवश्यक राहत सामग्री वितरण, क्षति मूल्याङ्कन र सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाउनुभयो ।

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा
लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै
लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगितामा आज
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा











प्रतिकृया दिनुहोस