• ON AIRप्रचार सामाग्री
  • UP NEXTव्यवसायिक संदेश

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला चल्दै 

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । 

‘राष्ट्र निर्माणमा युवाहरूको सहभागिता, समुन्नत समाज विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । 

कार्यक्रमको अवसरमा आयोजना गरिएको विद्यालयस्तरीय १९ वर्षमुनिको भलिबल प्रतियोगितामा नव प्रभात स्कुल र न्यु लाईफ बोर्डिङ स्कुलबिचको सेमिफाईनल खेलबाट नव प्रभात स्कुल फाईनलमा प्रवेश गरेको छ । 

त्यस्तै खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा संगम युवा क्लव निलो र गलकोट नगरपालिका ३ हटिया बिचको खेलबाट संगम युवा क्लव निलो, कालिलेख युवा क्लव भुजुङ्गे र घुम्टे युवा परिवार मल्म बिचको खेलबाट कालिलेख युवा क्लव भुजुङ्गे, गलकोट नगरपालिका वडा नम्वर ५ र वडा नम्वर २ बिचको खेलबाट वडा नम्वर २, ताराखोला फ्रेन्ड्स सर्कल जापान र माघेसक्रान्ति मेला व्यवस्थापन समिति बिचको खेलबाट ताराखोला फ्रेन्ड्स सर्कल जापान अघिल्लो चरणमा प्रवेश गरेका छन् । 

त्यस्तै खुला वडास्तरीय भेट्रान्स भलिबल प्रतियोगितामा संगम युवा क्लव रातो र समाज कल्याण युवा क्लव तथा नवसिर्जना युवा क्लव ताराखोला र घुम्टे युवा परिवार मल्म बिच क्वाटर फाईनल खेल सञ्चालन भईरहेको छ । 

त्यस्तै संगम युवा क्लव निलो र रुस्दी युवा क्लव बिच सेमिफाईनल प्रवेश गरेका छन् । 

उक्त कार्यक्रममा भोलि ९ टिमको सहभागिता रहेको खुल्ला वडा स्तरीय महिला भलिबल प्रतियोगिता समेत सञ्चालन हुने आयोजकले जनाएको छ । 

कार्यक्रममा चर्चित कलाकार ईश्वर सिंंह, नविन राना, कालिका रोका मगरको विशेष साँगितिक प्रस्तुती रहने क्लवले जनाएको छ । 

मेलाको अवसरमा खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला वडास्तरीय भेट्रान्स भलिबल प्रतियोगिता, खुला वडास्तरीय महिला भलिबल प्रतियोगिता र विद्यालयस्तरीय १९ वर्षमुनिको भलिबल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै  

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ ।  ‘राष्ट्र निर्माणमा

लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै 

लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ ।  प्रतियोगितामा आज

लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप सुरु 

लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।  २९ टिमको सहभागिता रहेको

↑