न्यू स्पोट्र्स क्लबको १४ औँ वार्षिकोत्सव तथा प्रथम दशैँ पूर्णिमा कप सुरु
न्यू स्पोट्र्स क्लब गलकोट नगरपालिका–११ रिघा अमर्छाको १४ औँ वार्षिकोत्सव तथा प्रथम दशैँ पूर्णिमा कप फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापाले खेलकुदले युवाको प्रतिभा प्रस्फुटन गर्न, अनुशासन कायम गर्न र समाजमा आपसी एकता तथा सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । उहाँले युवाहरूलाई खेलकुदसँगै सामाजिक तथा रचनात्मक गतिविधिमा सक्रिय बनाउन यस्ता प्रतियोगिताले सहयोग पु¥याउने धारणा राख्नुभयो ।
२८ टोलीको सहभागिता रहेको फाइभ ए साइड फुटसल प्रतियोगितामा प्रथम हुने समूहले नगद ५० हजार ५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, द्वितीय हुने समूहले नगद ३० हजार ५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष धनिश्वर सापकोटा र संस्थापक दान बहादुर श्रीसले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम न्यू स्पोट्र्स क्लबका अध्यक्ष सुवेदार गंगा बहादुर श्रीसको अध्यक्षता, सदस्य नरमाया श्रीसको स्वागत र समाजसेवी तेजिन्द्र श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव सम्पन्न
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सम्पन्न भएको छ । ‘राष्ट्र निर्माणमा
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा
लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै
लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगितामा आज










प्रतिकृया दिनुहोस