• ON AIRप्रचार सामाग्री
  • UP NEXTव्यवसायिक संदेश

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै  

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । 

‘राष्ट्र निर्माणमा युवाहरूको सहभागिता, समुन्नत समाज विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको हो । 

वार्षिकोत्सव तथा बडादशैँको अवसरमा आयोजना गरिएको खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटी, सरस्वती युवा क्लव रमुवा पाण्डवखानी, देउराली युवा क्लव हिल र चिनामाली युवा क्ल्व गलकोट नगरपालिका वडा नं. २ नरेठाँटी सेमिफाईनल प्रवेश गरेका छन् । 

त्यस्तै ९ समुहको सहभागिता रहेको खुल्ला वडा स्तरिय महिला भलिबल प्रतियोगिताको रात्रिकालिन खेल सञ्चालन भईरहेको छ । त्यस्तै कार्यक्रममा चर्चित कलाकार नविन राना, कालिका रोका र मिना मगरको विशेष साँगितिक प्रस्तुति रहने क्लवले जनाएको छ । 

कार्यक्रम क्लवका अध्यक्ष अमोज बि.क को अध्यक्षता, गलकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम प्रसाद कँडेलको प्रमुख आतिथ्यता, पूर्व सहसचिव गगन विश्वकर्माको स्वागत र राजन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । 

त्यस्तै समापन समारोह भोलि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनको प्रमुख आतिथ्यतामा सञ्चालन हुने जनाईएको छ ।  
 

प्रतिकृया दिनुहोस

लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै 

लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ ।  प्रतियोगितामा आज

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला चल्दै 

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ ।  ‘राष्ट्र निर्माणमा

लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप सुरु 

लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।  २९ टिमको सहभागिता रहेको

↑