• ON AIRव्यवसायिक संदेश
  • UP NEXTगित संगितहरु

दशैँको अन्तिम दिन आज राति जाग्राम बसेर समापन गरिँदै

दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ ।

असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुकापछि सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार विजयादशमीको दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासँगै  समाप्त हुन्छ ।

असोज २५ गते कोत तथा दशैँ घर अनि घरघरमा घटस्थापना गरि राखिएको जमरालाई आज नजिकको पवित्र स्थल, नदी, तलाउ, पोखरीमा लगेर सेलाउने गरिन्छ । माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिने समितिका अध्यक्ष पुरुषोत्तम भट्टराई बताउनुहुन्छ ।

नवरात्र विजयादशमी कै दिन सकिने भएपनि दुर्गा पक्ष भने असोज शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ ।

कात्तिक स्नान गरी तुलसीको विशेष रूपमा गरिने पूजा आराधना भने भोलि सोमबारदेखि शुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । आकाश दीपदान पनि भोलि बेलुकादेखि नै शुरु गरिँदैछ । 

प्रतिकृया दिनुहोस

बुधबारदेखि बाली भित्र्याउने र लामो दुरीको यात्रा नगर्न मौसमविद्को सुझाव

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन् । यसको प्रभावले यही

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ । खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि

दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै

दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि

↑