आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्याउन सुझाव
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा दुई दिन अष्टमी परेकाले आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।
समितिले स्वीकृति दिएको पात्रोमा हिजो र आज दुवै दिन महाअष्टमी उल्लेख छ । दशैँ घर वा पूजा कोठामा हिजो गरिएको महाअष्टमीको कर्म आज पनि दोहो¥याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा गएराति नै गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्को भनाइ छ ।
यसैबीच राज्यका तर्फबाट हनुमान ढोकामा गरिने कालरात्रि पूजा समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार आज राति गरिने भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिनुभयो ।
हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको उहाँको भनाइ छ । हनुमानढोका दरबारको दशैँ घरमा हिजो महाअष्टमीको सामान्य पूजा गरिएको थियो । मूल पूजा आज गरिने दरबार हेरचाह अड्डाले जनाएको छ ।
दशैँको अन्तिम दिन आज राति जाग्राम बसेर समापन गरिँदै
दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ । असोज शुक्ल
बुधबारदेखि बाली भित्र्याउने र लामो दुरीको यात्रा नगर्न मौसमविद्को सुझाव
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन् । यसको प्रभावले यही
मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै
दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ । खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि










प्रतिकृया दिनुहोस