कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । चैत्राष्टमी मेलाको उद्घाटनसंगै भलिबल प्रतियोगिताको पनि उद्घाटन गरिएको हो ।
भलिबल प्रतियोगिताको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भलिबलका राष्ट्रिय रेफ्री प्रज्वल मल्ललाई भलिबल हस्तान्तरण र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले सर्भिस प्रहार गरेर उद्घाटन गरेका थिए ।
भिमापोखरा खेलकुद विकास समिति काठेखोला र धौलागिरी मोबाई पसल बेनी म्याग्दी बीचमा भएको उद्घाटन खेल भिमापोखरा खेलकुद विकास समितिले जितेको छ । भिमपोखराले बेनीलाई ३—१ मा जितेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको भिमापोखराले तेस्रो सेट गुमाउँदा चौथो सेट आफ्नो पक्षमा पार्दै उद्घाटन खेलको नतिजा आफ्नो पोल्टामा पारेको हो । खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ । महिलो भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र पाउनेछन् ।
महिला भलिबलमा पनि विद्यागत रुमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजना भैरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ । पुरुष भलिबल प्रतियोगितामा १० समुहको सहभागिता रहेको छ । मेलाको अवसरमा छेलो प्रतियोगिता पनि आयोजना गरिएको छ ।
जिल्ला भलिबल संघ बागलुङको अध्यक्षमा भण्डारी चयन
जिल्ला भलिबल संघ बागलुङको पाँचौँ अधिवेशनले गोरखबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। बागलुङ बजारमा सम्पन्न
कालिका कपः पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा
कालिका कप—२०८२ खुला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । चैत्राष्टमी मेलाको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबल प्रतियोगितामा
बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात
चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ










प्रतिकृया दिनुहोस