टेउवामा श्रद्धाञ्जली सभा
गलकोट सुतरा कार्की समाज र जनजागृति माध्यमिक विद्यालय गलकोट नगरापलिका वडा नं. ८ काँडेवासको संयुक्त आयोजनामा गलकोट नगरपालिका –५ टेउवामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
गलकोट सुतरा कार्की समाजका सदस्य तथा जनजागृति माध्यमिक विद्यालय काँडेवासका शिक्षक अभिभावक संघका सदस्य मिना कार्कीका ससुरा बुवा तेज बहादुर कार्कीको सातौ दिनको पू्ण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गलकोट सुतरा कार्की समाजका सचिव टम बहादुर कार्कीले समाजसेवी तेज बहादुर कार्कीको निधनले समाजलाई अपुरणीय क्षति भएको बताउनुभयो । कार्यक्रममा सुतरा कार्कीका जेष्ठ सदस्य खडक बहादुर कार्की र जनजागृति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष भविलाल गौतमले परिवारलाई समवेदना पत्र हस्तान्तरण गर्नु भएको थियो ।
श्रद्धाञ्जली सभा गलकोट सुतरा कारकि समाजका सचिव टम बहादुर कार्की र जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।
घर्तीद्धारा १५ औं अधिवेशनमा क्षेत्रीय सभापति पदको दाबी घोषणा
नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष तथा पार्टीका क्षेत्रीय उपसभापति तिलक घर्ती मगरले नेपाली कांग्रेसको आसन्न १५
दीप ज्योति आधारभुत विद्यालयमा अभिभावक भेला
दीप ज्योति आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नं. ७ मा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ । भेलामा बोल्दै गलकोट
नेपाली कांग्रेस गलकोट नगरपालिका–८ को १५ औं वडा अधिवेशन
नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ८ को १५ औँ वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको अवसरमा घनश्याम चालिसेको सभापतीत्वमा १२ सदस्यिय वडा










प्रतिकृया दिनुहोस