• ON AIR
  • UP NEXT

हिस्तुन गलकोटको अध्यक्षमा : गौतम

साविक उच्च माध्यमिक विद्यालयमा कार्यरत माध्यमिक विद्यालय शिक्षकहरूको संगठन माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्तुन) गलकोट नगर समिति गठन गरिएको छ ।

ईश्वर गौतमको अध्यक्षतामा ११ सदस्यीय हिस्तुन गलकोट नगर समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा रमेश खत्री, सचिवमा गोविन्दप्रसाद शर्मा, सहसचिवमा मानसिंह थापा र कोषाध्यक्षमा गणेशराज भट्ट चयन हुनुभएको छ ।

त्यस्तै, समितिको सदस्यहरूमा होमबहादुर केसी, पर्शुराम रेग्मी, निरव चौधरी, सागर गौतम, गणेश भण्डारी र दीपक पौडेल रहनुभएको छ ।

यसैगरी, झलक पाण्डेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरूमा हरि चालिसे, खिमनाथ गौतम, छविलाल कार्की, भक्तबहादुर विष्ट, कलाधार कडेँल र गोपाल शर्मा रहनुभएको छ ।

नवगठित समितिले साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरूको पेशागत हकहित, क्षमता विकास तथा शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्य गर्दै अघि बढ्ने जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

घर्तीद्धारा १५ औं अधिवेशनमा क्षेत्रीय सभापति पदको दाबी घोषणा

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष तथा पार्टीका क्षेत्रीय उपसभापति तिलक घर्ती मगरले नेपाली कांग्रेसको आसन्न १५

दीप ज्योति आधारभुत विद्यालयमा अभिभावक भेला 

दीप ज्योति आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नं. ७ मा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ ।  भेलामा बोल्दै गलकोट

नेपाली कांग्रेस गलकोट नगरपालिका–८ को १५ औं वडा अधिवेशन 

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ८ को १५ औँ वडा अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनको अवसरमा घनश्याम चालिसेको सभापतीत्वमा १२ सदस्यिय वडा