• ON AIR
  • UP NEXT

न्यू लाइफमा निकेश चन्द्र चोखाल (निवेश) स्मृति हाजिरीजवाफ प्रतियोगिता 

न्यू लाइफ आवासीय माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ मा १७ औँ निकेश चन्द्र चोखाल (निवेश) स्मृति आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

न्यू लाइफ आवासीय माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा गलकोट नगरपालिकामा ६ देखि ८ कक्षा सञ्चालित १८ वटा विद्यालयको सहभागिता रहेको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका नगर शिक्षा अधिकृत शिव खड्काले यस कार्यक्रमले सामुदायिक र संस्थागत विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनुभयो । उहाँले विद्यालयहरूबीचको प्रतिस्पर्धा केवल नतिजाका लागि नभई विद्यार्थीको क्षमता, ज्ञान, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने माध्यम बन्नुपर्नेमा जोड दिनुभयो । 

नगर शिक्षा अधिकृत खड्काले गलकोटको समृद्धि र विकासका लागि जिम्मेवारी बहन गर्न सक्ने सक्षम तथा दक्ष नागरिक उत्पादन गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउँदै विद्यार्थीको ज्ञान र क्षमताको विकाससँगै उनीहरूलाई समाज र राष्ट्रप्रति उत्तरदायी बनाउन विद्यालयको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । 

उहाँले सामुदायिक र संस्थागत विद्यालयबीच रहेको दूरी कम गर्दै आपसी सहकार्य, समन्वय र अनुभव आदानप्रदानमार्फत शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो । खड्काले यसका लागि न्यू लाइफ आवासीय माध्यमिक विद्यालयले सामुदायिक तथा संस्थागत विद्यालयलाई एउटै मञ्चमा ल्याएर स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत उल्लेख गर्नुभयो । 

प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ८ प्रथम, प्रगति आधारभूत विद्यालय गलकोट नगरपालिका वडा नम्वर ७ द्वितीय, न्यू लाइफ आवासीय माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ तृतीय भएका छन् । त्यस्तै प्रतियोगितामा नवयुवक आधारभूत विद्यालय गलकोट नगरपालिका वडा नम्वर २ र दीपज्योति आधारभूत विद्यालय गलकोट नगरपालिका वडा नम्वर ७ सान्त्वना भएका छन् ।  

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने विद्यालयका विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्वर्गीय निकेश चन्द्र चोखाल (निवेश) को तस्वीरमा माल्यार्पण गरी उहाँको स्मरण समेत गरिएको थियो । 

त्यसै कार्यक्रममा स्काउटका विद्यार्थीहरूले स्वागत गरेका थिए । भने विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले निर्माण गरेका विभिन्न विज्ञान सामग्री तथा प्रयोगात्मक सामग्रीहरूको प्रदर्शन समेत गरेका थिए ।

कार्यक्रम न्यू लाइफ आवासीय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक वीर बहादुर बोहोरा क्षेत्रीको स्वागत तथा शिक्षक सुदीप बास्तोलाको सञ्चालनमा सम्पन्न भएको थियो । 

निकेश चन्द्र चोखाल (निवेश) को वि.सं. २०६६ भदौ ३१ गते प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ६ को गणित विषयको परीक्षा दिएर घर फर्कने क्रममा दरमखोलामा पौडी खेल्दै गर्दा खोलाले बगाएर निधन भएको थियो । उहाँको स्मृतिमा विद्यालयले हरेक वर्ष हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको छ । 
 

प्रतिकृया दिनुहोस

घर्तीद्धारा १५ औं अधिवेशनमा क्षेत्रीय सभापति पदको दाबी घोषणा

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष तथा पार्टीका क्षेत्रीय उपसभापति तिलक घर्ती मगरले नेपाली कांग्रेसको आसन्न १५

दीप ज्योति आधारभुत विद्यालयमा अभिभावक भेला 

दीप ज्योति आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नं. ७ मा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ ।  भेलामा बोल्दै गलकोट

नेपाली कांग्रेस गलकोट नगरपालिका–८ को १५ औं वडा अधिवेशन 

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ८ को १५ औँ वडा अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनको अवसरमा घनश्याम चालिसेको सभापतीत्वमा १२ सदस्यिय वडा