नेपाली कांग्रेस गलकोट नगरपालिका १० को अधिवेशन
नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नं. १० पाण्डबखानीमा वडा अधिवेशन तथा वडा कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्वसंविधानसभा सदस्य निरज पुनले गाउँमा बसोबास गर्ने जनसमुदायहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस जनताको दुःखसुखको साँचो साथी भएको उल्लेख गर्दै उहाँले गाउँका कुनै पनि समुदायलाई भ्रममा नपारी एकजुट हुनका लागि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा क्रियाशील सदस्य नवीन राना, निवर्तमान वडा सदस्य धनबहादुर सुनार, वरिष्ठ समाजसेवी मानसिंह छन्त्याल, जिल्ला सदस्य रामप्रसाद विक र महिला जागरण केन्द्रकी अध्यक्ष राधिका पुन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनले गंगा बहादुर घर्तीको सभापतित्वमा २५ सदस्यीय नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपसभापतिमा ओमबहादुर बुढा, महिला उपसभापतिमा रुणमाया पुन, सचिवमा राधिका श्रीस, सहसचिवमा राजेश विक अन्य सदस्यहरू रहनुभएको छ ।
त्यसैगरी आगामी महाधिवेशनका लागि सभापतिसहित खुला, समानुपातिक, अपाङ्ग, दलित, पेसागत श्रमिक र द्वन्द्वपीडित क्षेत्रबाट २४ जना क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत रूपमा चयन भएका छन् ।
कार्यक्रम नेपाली कांग्रेस वडा नं. १० का कार्यवाहक सभापति दीप घर्तीको सभापतित्व क्रियाशील सदस्य तथा वडा अध्यक्ष भक्त बहादुर काउचाको स्वागत र क्षेत्र नम्बर २(क) का सभापति तिलक घर्तीको संचालनमा सम्पन्न भएको थियो ।
घर्तीद्धारा १५ औं अधिवेशनमा क्षेत्रीय सभापति पदको दाबी घोषणा
नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष तथा पार्टीका क्षेत्रीय उपसभापति तिलक घर्ती मगरले नेपाली कांग्रेसको आसन्न १५
दीप ज्योति आधारभुत विद्यालयमा अभिभावक भेला
दीप ज्योति आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नं. ७ मा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ । भेलामा बोल्दै गलकोट
नेपाली कांग्रेस गलकोट नगरपालिका–८ को १५ औं वडा अधिवेशन
नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ८ को १५ औँ वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको अवसरमा घनश्याम चालिसेको सभापतीत्वमा १२ सदस्यिय वडा










प्रतिकृया दिनुहोस