दीप ज्योति आधारभुत विद्यालयमा अभिभावक भेला
दीप ज्योति आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नं. ७ मा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ ।
भेलामा बोल्दै गलकोट नगरपालिका वडा नं. ७ का वाड अध्यक्ष राज बहादुर थापाले शिक्षा समाजको पहिचान भएकाले विकासको पूर्वाधारको रुपमा शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरिय शिक्षाले मात्र विद्यार्थीहरुको चौतर्फी विकास र सक्षम जनशक्ति उत्पादन हुने भएकाले शिक्षामा लगानी आवश्यक रहेको बताउनुभयो ।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक वीर बहादुर चोखालले विद्यालयको शैक्षिक, आर्थिक र व्यवस्थापकीय पक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
भेलाले शिक्षा नियमावली दशौँ संशोधन अनुसार विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकहरुमध्येबाट मन बहादुर कार्क, नर बहादुर थापा मगर, सरस्वती दर्जी र पूजा परियारलाई पतिनिधि छनोट गरेको छ । भने, शिक्षक प्रतिनिधि तुल बहादुर थापा, वडा प्रतिनिधि यशुदा थापा र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक वीर बहादुर चोखाल रहनुभएको छ ।
त्यस्तै नगेन्द्र मल्लको संयोजकत्वमा ७ सदस्यीय विद्यालय व्यवस्थापन सल्लाहकार समिति गठन गरेको छ । समितिको सदस्यमा बसन्त क्षेत्री, हर्क बहादुर खड्का, टेकनाथ शर्मा, थम्मन बहादुर थापा, ललित बहादुर मरासनी र लाल बहादुर कार्की रहनुभएको छ ।
यसैगरी शिक्षक अभिभावक संघको लागि अभिभावकहरुमध्येबाट पद्मा नेपाली, छम बहादुर कार्की, खिमा परियार, माया श्रीस, गंगा कार्र्की, रुपा सुनार, रेनु थापा र शिक्षक प्रतिनिधिमा मिरा थापा र गोवन्द विसीलाई छनोट गरिएको र शिक्षक अभिभावक संघको पहिलो बैठकले अध्यक्षको चयन गर्ने विद्यालयका प्रधानाध्यापक वीर बहादुर चोखालले बताउनुभयो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य नर बहादुर थापा मगरले मन्तव्य राख्नुभएको थियो । भने, विद्यार्थीहरुले लोक नृत्य प्रदर्शन गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र बहादुर मल्लको अध्यक्षता, शिक्षक तुल बहादुर थापा र विद्यार्थी रजनी परियारको स्वागत र शिक्षक गोेविन्द विसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
घर्तीद्धारा १५ औं अधिवेशनमा क्षेत्रीय सभापति पदको दाबी घोषणा
नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष तथा पार्टीका क्षेत्रीय उपसभापति तिलक घर्ती मगरले नेपाली कांग्रेसको आसन्न १५
नेपाली कांग्रेस गलकोट नगरपालिका–८ को १५ औं वडा अधिवेशन
नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ८ को १५ औँ वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको अवसरमा घनश्याम चालिसेको सभापतीत्वमा १२ सदस्यिय वडा
गलकोट–६ मा नेपाली कांग्रेसको १५ औँ वडा अधिवेशन
नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ६ को १५ औँ वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि










प्रतिकृया दिनुहोस