• ON AIR
  • UP NEXT

घर्तीद्धारा १५ औं अधिवेशनमा क्षेत्रीय सभापति पदको दाबी घोषणा

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष तथा पार्टीका क्षेत्रीय उपसभापति तिलक घर्ती मगरले नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा क्षेत्रीय सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

लामो समयदेखि पार्टी संगठन निर्माण, जनसेवा र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएका घर्तीले पार्टीलाई अझ बढी गतिशील, सुदृढ र समाहित बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी रहने स्पष्ट पार्नुभएको हो । 

उहाँ पार्टी संगठनलाई जमीनी तहबाटै बलियो बनाउन, कार्यकर्ताको हकहितको पहरेदारी गर्न र कांग्रेसप्रति जनविश्वास अझ अभिवृद्धि गर्न क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनुभयो । म प्रतिको विश्वास र जिम्मेवारीबोध नै मेरो मुख्य प्रेरणा उहाँले भन्नुभयो  । विगतमा स्थानीय तहको जिम्मेवारी (वडा अध्यक्ष) सम्हाल्दा होस् वा पार्टीका विभिन्न सांगठनिक पदमा रहेर काम गर्दा होस्, आफुले सधैं जनता र कार्यकर्ताको सुख–दुःखमा साथ दिने प्रयास गरेको उहाँले बताउनुभयो । 

आगामी दिनमा क्षेत्रीय समितिलाई सबैको साझा र निष्पक्ष घर बनाउने मेरो अतीव्र चाहना रहेको र पार्टीभित्र देखिएका आन्तरिक ऊर्जालाई सही दिशामा डो¥याउँदै युवा, महिला र अनुभवी नेता–कार्यकर्ताबीचको समन्वयलाई मजबुत बनाउन कटिबद्ध रहने उहाँले बताउनुभयो । 

उहाँको यो घोषणासँगै नेपाली कांग्रेसको आसन्न १५औं अधिवेशनलाई लिएर क्षेत्रीय राजनीतिमा नयाँ उत्साह र सरगर्मी बढेको छ ।
 

प्रतिकृया दिनुहोस

दीप ज्योति आधारभुत विद्यालयमा अभिभावक भेला 

दीप ज्योति आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नं. ७ मा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ ।  भेलामा बोल्दै गलकोट

नेपाली कांग्रेस गलकोट नगरपालिका–८ को १५ औं वडा अधिवेशन 

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ८ को १५ औँ वडा अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनको अवसरमा घनश्याम चालिसेको सभापतीत्वमा १२ सदस्यिय वडा

गलकोट–६ मा नेपाली कांग्रेसको १५ औँ वडा अधिवेशन

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ६ को १५ औँ वडा अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि