• ON AIR
  • UP NEXT

गलकोट–६ मा नेपाली कांग्रेसको १५ औँ वडा अधिवेशन

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ६ को १५ औँ वडा अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन वडा तहदेखि नै कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले लोकतन्त्र, जनताको अधिकार र विकासका पक्षमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । 

गैरेले पार्टीको वडा अधिवेशनलाई नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित नराखी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा जनताको विश्वास कायम राख्न विकास निर्माणसँगै जनताका दैनिक समस्या समाधानमा समेत पार्टीका नेता तथा कार्यकर्ता जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य सुरेन्द्र बम मल्ल र गलकोट नगर सचिव योगेश भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ६ का सभापती राज बहादुर पुनको अध्यक्षता, उपसभापती लक्ष्मि भण्डारीको स्वागत र सदस्य गणेश बम मल्लको सञ्चालनमा सम्पन्न भएको थियो । 

१५ औँ अधिवेशनले अमोज विकको सभापतीत्वमा ११ सदस्यिय वडा कार्य समिति गठन गरिएको छ । समितिको उपसभापतीमा राजन कार्की, लक्ष्मि भण्डारी, सचिवमा भिम काजी विक, कोषाध्यक्षमा विनिता श्रीस र सहसचिवमा निरज घर्ती रहनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

घर्तीद्धारा १५ औं अधिवेशनमा क्षेत्रीय सभापति पदको दाबी घोषणा

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष तथा पार्टीका क्षेत्रीय उपसभापति तिलक घर्ती मगरले नेपाली कांग्रेसको आसन्न १५

दीप ज्योति आधारभुत विद्यालयमा अभिभावक भेला 

दीप ज्योति आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नं. ७ मा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ ।  भेलामा बोल्दै गलकोट

नेपाली कांग्रेस गलकोट नगरपालिका–८ को १५ औं वडा अधिवेशन 

नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ८ को १५ औँ वडा अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनको अवसरमा घनश्याम चालिसेको सभापतीत्वमा १२ सदस्यिय वडा