• ON AIR
  • UP NEXT

आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै

आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ ।

विशेषगरी ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाउने गरिन्छ । महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो ।

आज काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ । यस वर्ष गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

अस्ति आइतबार दर खाई तीज पर्व शुरु भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा, उपासना गरिएको छ । गएको भदौ १० गते रसुवाको भोटेकोशी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यसवर्ष तीज पर्वको रौनक रहेन ।

आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ ।  
 

प्रतिकृया दिनुहोस

आज संविधान दिवस देशभर मनाईंदै

आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । संविधान जारी भएको आज ११

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाईँदै 

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा

आज हरितालिका तीज पर्व मनाइँदै

आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ