• ON AIR
  • UP NEXT

आज संविधान दिवस देशभर मनाईंदै

आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो ।

संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

२००७ सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२÷६३ को जनआन्दोलन, उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलोपटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी÷समानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो ।

संविधान कार्यान्वयनका लागि सङ्घीय संसदले बनाउनु पर्ने कानुनहरू अझै पनि बाँकी नै छन् । बनेका कानुनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ । पोहोर भदौ २३ र २४ मा भएको ‘नवयुवा आन्दोलन’को जगमा फागुन २१ मा प्रतिनिधि सभा सदस्यको चुनाव भयो । यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभामा झण्डै दुई तिहाइ मत प्राप्त गरी पहिलो दल बनेसँगै संविधान संशोधनको बहस शुरु भएको हो ।
 

प्रतिकृया दिनुहोस

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाईँदै 

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा

आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै

आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ । विशेषगरी ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाउने गरिन्छ । महिलाहरुले आज बिहानै उठेर नजिकको नदी,

आज हरितालिका तीज पर्व मनाइँदै

आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ