• ON AIRव्यवसायिक संदेश
  • UP NEXTगित संगितहरु

बोहोराफाँट समाज जापानद्वारा १० घरपरिवारलाई खाद्यान्न सहयोग 

गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटमा बडादसैँको अवसरमा आर्थिक रूपमा विपन्न घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । 

बोहोराफाँट समाज जापानको सहयोगमा चाडपर्वको समयमा आर्थिक अवस्था कमजोर भएका १० घरपरिवारलाई राहत पु¥याउने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरिएको हो । दसैँजस्तो महत्वपूर्ण चाडपर्व मनाउने समयमा विपन्न परिवारलाई दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन सहयोग गरिएको हो । 

खाद्यान्न वितरणका क्रममा सम्बन्धित परिवारलाई चामल, चिनी, दाल, नुन, तेल, साबुन, मसला लगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको थियो । 

बोहोराफाँट टोल सुधार समितिका अध्यक्ष बेलबहादुर बोहोरा क्षेत्री, जगतबहादुर बोहोरा र रेशम कार्कीको नेतृत्वमा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । 

बोहोराफाँट समाज जापानका अध्यक्ष प्रकाश बोहोराले चाडपर्वको समयमा आर्थिक रूपमा विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरिएको बताउनुभयो ।

उहाँले विदेशमा रहेर पनि आफ्नो गाउँठाउँका नागरिकको सुखदुःखमा साथ दिने र आवश्यकतामा परेका परिवारलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै  

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ ।  ‘राष्ट्र निर्माणमा

लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै 

लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ ।  प्रतियोगितामा आज

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला चल्दै 

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ ।  ‘राष्ट्र निर्माणमा

↑