• ON AIRप्रचार सामाग्री
  • UP NEXTव्यवसायिक संदेश

पाण्डवखानीको सुनपानीमा कालिका स्पोर्ट बोका कप सम्पन्न

गलकोट नगरपालिका वडा नम्वर १०, पाण्डवखानीस्थित सुनपानीमा विजया दशमीको अवसरमा आयोजित कालिका स्पोर्ट बोका कप जुनियर तथा विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रम संयोजक वीरेन्द्र घर्तीको नेतृत्व तथा संयोजनमा सञ्चालन भएको प्रतियोगितामा स्थानीय पुरुष, महिला तथा जुनियर खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ज्याथर टिम ‘ए’ प्रथम र ज्याथर टिम ‘बी’ दोस्रो भएका छन् । त्यस्तै, महिलातर्फ आयोजक टिम ‘बी’ प्रथम र आयोजक टिम ‘ए’ दोस्रो भएका छन् । 

यसैगरी, १३ वर्षमुनिको (यू–१३) पुरुष फुटबल प्रतियोगितामा आयोजक टिम प्रथम र लेङ्गुरे टिम दोस्रो हुन सफल भएका छन् । 

विजया दशमीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको मुख्य उद्देश्य गाउँघरमा लुकेर रहेका बालबालिका तथा युवाहरूको खेल प्रतिभा पहिचान गरी उजागर गर्नुका साथै खेलकुदको विकास र प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ । 

खेलकुदका माध्यमबाट स्थानीय युवाहरूलाई खेलप्रति आकर्षित गर्ने, आपसी भाइचारा र एकता अभिवृद्धि गर्ने तथा समुदायमा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

यसै अवसरमा आयोजक टिमले पाण्डवखानीस्थित न्यु घुम्टे एजुकेसनल एकेडेमीलाई शैक्षिक सामग्रीसमेत सहयोग गरेको छ । खेलकुद कार्यक्रमसँगै विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएर बालबालिकाको शैक्षिक गतिविधिमा सहयोग पु¥याउने प्रयास गरिएको हो । 

 

प्रतिकृया दिनुहोस

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै  

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ ।  ‘राष्ट्र निर्माणमा

लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै 

लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ ।  प्रतियोगितामा आज

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला चल्दै 

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ ।  ‘राष्ट्र निर्माणमा

↑