संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला कार्तिक ५ देखि
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६, ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ आगामी कार्तिक ५ गतेदेखि सञ्चालन हुने भएको छ ।
‘राष्ट्र निर्माणमा युवाहरूको सहभागिता, समुन्नत समाज विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजना हुन लागेको मेलामा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने क्लवले जनाएको छ ।
मेलाको अवसरमा खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला वडास्तरीय भेट्रान्स भलिबल प्रतियोगिता, खुला वडास्तरीय महिला भलिबल प्रतियोगिता तथा विद्यालयस्तरीय १९ वर्षमुनिको भलिबल प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिएको छ ।
प्रतियोगिताअन्तर्गत खुला वडास्तरीय पुरुष भलिबलतर्फ प्रथम हुने समूहले एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने समूहले ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा दुई सान्त्वना समूहले जनही १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, भेट्रान्स भलिबल प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार र द्वितीय हुने समूहले २५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ४० हजार र द्वितीय हुनेले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।
विद्यालयस्तरीय १९ वर्षमुनिको भलिबल प्रतियोगितामा प्रथम हुने समूहलाई ३५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुने समूहलाई २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
युवाहरूको सहभागिता अभिवृद्धि गर्ने, खेलकुदको विकास गर्ने तथा सामाजिक एकता र सद्भाव कायम गर्ने उद्देश्यसहित आयोजना हुन लागेको मेलामा सहभागी हुन क्लवले खेलाडी, खेलप्रेमी तथा सम्पूर्ण स्थानीयवासीलाई आग्रह गरेको छ ।
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा
लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै
लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगितामा आज
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा











प्रतिकृया दिनुहोस