पाण्डवखानीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
पाण्डवखानी ब्याडमिन्टन समुहको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा विकास काउचाको समुह प्रथम र निरज पुनको समुह द्धितिय भएका थिए । त्यस्तै मिक्स डबल ब्याडमिन्टन प्रतियोगितामा भिम सुनारको समुह प्रथम र खिम काउचाको समुह द्धितिय भएका थिए ।
कार्यक्रममा पाण्डवखानी समाज युकेका उपाध्यक्ष हिरा बहादुर थापाले गलकोट क्षेत्रकै दुर्गम बस्तीमा यस्ता खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले गाउँमै बसेर आफ्नो कला, संस्कृति, परम्परा र इतिहासको संरक्षण गरिरहेका सम्पूर्ण गाउँवासीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रतियोगिता तथा कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण सहयोगदाताहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम पाण्डवखानी ब्याडमिन्टन समूहका अध्यक्ष धनबहादुर सुनारको अध्यक्षता, खिम बहादुर काउचाको स्वागत र दिप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा
लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै
लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगितामा आज
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा











प्रतिकृया दिनुहोस