दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै
दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।
देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।
तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजो विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ सकिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत हिजो बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको थियो । त्यसअनुसार धेरैले साइतमा टीका लगाए । घटस्थापनाका दिन घरघरमा जमरा राखेर शुरु भएको बडादशैँमा नवरात्रभर शक्तिस्वरूपा नवदुर्गाको पूजा आराधना गरिएको थियो ।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले नेपाली समाजमा सुख, शान्ति, सद्भाव र समृद्धिको कामना बोकेको छ ।
दशैँको अन्तिम दिन आज राति जाग्राम बसेर समापन गरिँदै
दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ । असोज शुक्ल
बुधबारदेखि बाली भित्र्याउने र लामो दुरीको यात्रा नगर्न मौसमविद्को सुझाव
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन् । यसको प्रभावले यही
मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै
दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ । खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि











प्रतिकृया दिनुहोस